Kabul  Bomb Blasting 1काठमाडौ। नेपाल सरकारले अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा मारिएका १२ जना नेपालीहरुको शव बुधवार अपरान्ह काठमाडौ ल्याइएको छ। नेपाल बायु सेवा निगमको विमान चार्टर गरेर शव नेपाल ल्याइदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नातागोता र आफन्तजनहरुको रुवाबासी नै भएको थियो।

Kabul  Bomb Blasting 4शव बुझ्न गएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत लगायतका मन्त्रीहरुलाई पनि विमानस्थलको अवस्थाले मन विछिप्त पारेको थियो। स्थिति सम्हालिन निक्कै कठिन भएको थियो। बाकसमा आएको शवलाई हेरेर सोही बाकसलाई अंगालो हालेर विछिप्त अवस्थामा धेरैजना बेहोश नै बनेका थिए।

Kabul  Bomb Blasting 2

मारिने सवै अफगानिस्तानस्थित क्यानेडियन राजदूतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत नेपाली रहेका छन्। उनीहरु चढ्ेको बसमा काबुल नजिकै गाराइएको आत्मघाती बम आक्रमणमा मारिएका थिए। बम आक्रमणमा काठमाडौंका हरिबहादुर बरूवाल क्षेत्री, विदुरबहादुर सुवेदी क्षेत्री र चन्द्रबहादुर राना मगर, नुवाकोटका डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला र लिलबहादुर गुरुङ, लमजुङका अमृतबहादुर थापा, चितवनका कृष्णबहादुर ढुंगाना, स्याङ्जाका सुकबहादुर गुरुङ, रुपन्देहीका जितेन्द्र सिंह थापा, पर्वतका नविनबहादुर क्षेत्री र सुनसरीका अकुर तामाङको मृत्यु भएकामा सरकारले मृतकहरुको शव त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाटै परिवारको जिम्मा लगाएको छ।

Kabul  Bomb Blasting 3

शव बुझ्न मृतक जितेन्द्रसिंह थापाकी पत्नी सञ्चिता लामा चार महिने काखे बालक च्यापेर विमानस्थल पुगेकी थिइन् । पहिला पनि तीन वर्ष अफगानिस्तान बसेका जितेन्द्रसिंह कमाइ राम्रो हुने र ब्रिटिश कम्पनीमा सुरक्षा चुनौती नरहेको भनेर आश्वस्त तुल्याउँदै सुत्केरी सञ्चितालाई छोडेर दोस्रो पटक अफगानिस्तान गएका थिए। तर, घटनाको अघिल्लो दिन भोलि कुरा गरौंला भनेर फोन राखेका जितेन्द्रसिंह सञ्चितासँग कहिल्यै कुरा गर्न नसक्ने गरी बाकसमा फर्किए। सञ्चिता जितेन्द्रसिंहकी कान्छी पत्नी हुन् ।

दोस्रोपटक अफगानिस्तान जानु पहिले जितेन्द्रसिंहले भारतीय सेनामा काम गरेर पेन्सन पकाएका थिए। बम आक्रमणमा परी घाइते भएका ७ जनालाई भने उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ। काबुलस्थित साब्रे इन्टरनेष्नल नामक ब्रिटिश कम्पनीमा सुरक्षा गार्डका रुपमा कार्यरत नेपालीहरु कम्पनीबाट मिनीबसमा दूतावास जाने क्रममा जलालावाद रोडमा आतंककारीहरुको निशानामा परेका थिए। तालिवानको आक्रमणमा मारिएका १२ युवा कार्यरत कम्पनीकै २४ युवालाई पनि उद्धार गरी ल्याइएको छ।
प्रकाशन मिति–२०७३ साल असार ९ गते विहीवार ।