काठमाडौं। काभ्रेको रोशी गाउंपालिकामा गोली चलेको छ। प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्रने क्रममा मंगलवार राति प्रहरी र विप्लवका कार्यकता वीच गोली हानाहान भएको खवर रहेको छ।

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गर्न काठमाडौंको टेकुमा रहेको महानगरीय अपराध महाशाखा टोलीले त्यहाँ पुगेपछि दोहोरो गोली हानाहान भएको प्रहरीले जनाएको छ।

एसपी सोमेन्द्रसिंह राथौडको नेतृत्वमा महाशाखाको टोली मिसनमा गएको थियो। एसपी ढकालका अनुसार प्रहरीले एक जना विप्लव नेतृत्वको एकजना कार्यकर्तालाई पक्राउ गरिएको छ। तर, नाम भने खुलाइएको छैन्। महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले घटनाको पुष्टि गरेका छन् ।
प्रकाशन मिति–२०७५ साल चैत्र ४ गते मंगलवार ।