Kavre Bus Accidentकाठमाडौ। काठमाडौवाट काभ्रेको दोलालघाटको मादनकुदारी जाँदै गरेको बा ३ ख १०६ नंबरको बस सोमवार अपरान्ह काभ्रकै विर्ता देउरालीमा दुर्घटनामा पर्दा ३२ जनाको मृत्यु भएको छ। ४० जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। अरुण यातायातको उक्त बसमा यात्रुहरु खचाखच भरिनुको अलावा बसले चामलसहितको खाद्य बस्तु पनि बोकेको थियो। अत्याधिक लोड भएकोले बस खहरे खोलाको उकालोमा उक्लिदै गर्दा एक्कासी बसको इन्जिन बन्द हुन पुगेको घाइते यात्रुले बताएको छ।

Kavre Bus Accident 3त्यसरी इन्जिन बन्द भएपछि बस चालकले स्टार्ट गर्ने योजनाका साथ बसलाई ब्याक गर्ने कोशिश गर्दा बसमा ब्रेक नलागेपछि बस सडकवाट झण्डै ३ सय मिटर तल खस्न पुगेको थियो। भीरमा बस खसेको कारण बस टुक्रा–टुक्रा हुन पुगेको थियो। भीरैभरि बसका यात्रुहरुको मृतक शव र घाइतेहरु गुहार मागिरहेको दृश्य अत्यन्त दर्दनाक भएको स्थानियको भनाई रहेको छ।

Kavre Bus Accident 2

दूर्घटना भएको लगतै स्थानिय तथा प्रहरी टोलीले उद्धार कार्य गरेका थिए। बस दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। २८ जनालाई काठमाडौं ल्याइएको हो। उनीहरुको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचार भइरहेको छ। १५ जनाको भने धुलिखेलमा उपचार भइरहेको छ।

प्रकाशन मिति–२०७३ साल साउन ३१ गते सोमवार ।