काठमाडौ। काभ्रेली समाज जापानले सडक बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि सहयोगार्थ नगद २ लाख सहयोग हस्तान्तरण गरेको छ । काभ्रे क्षेत्र नं १ का माननीय सांसद तीर्थ लामाको समुपस्थितिमा पत्रकार सम्मेलन मार्फत सी नेपालको अध्यक्ष स्मिता लामालाई उक्त रकम हस्तान्तरण गरेको हो।

Kavre Samaj Japan Helpस्थापनाको छोटो समयमै चर्चित कलाकार राजु लामालाई जापानमा ल्याएर लाईभ कन्सर्ट आयोजना गरिएको थियो । उक्त कार्यक्रमबाट उठेको रकम एक कार्यक्रम गरी नेपालमा रहेका असाहय बालबालिकाहरुको हितको लागि सो रकम हस्तान्तरण गरेको काभ्रेली समाज जापानका अध्यक्ष मेख लामाले बताएका छन्।

काभ्रेली समाज जापानले आफ्नो स्थापनाको छोटो समयमा यस किसिमको सामाजिक कामहरू धेरै गरेका छन । आत्माहत्या गर्न खोज्ने बिध्यार्थी २ जनालाई आर्थिक सहयोग, सर्स्यूंखर्क काभ्रेका मृगौला रोगी बुद्दिलाल तामाङलाई १ लाख पचास हजार भन्दा बढी रकम संकलन गरेर हस्तान्तरण गरिएको थियो।

त्यसैगरी समाजकै आयोजनामा टोकियोकै धेरै धनराशि जापानीज येन ३ लाख बराबर भएको फुटबल प्रतियोगिताको समेत सफल आयोजना गरेको काभ्रेली समाजले आगामी दिनहरूमा पनि यस्तो सामाजिक कामहरू गर्दै जाने भनेका छन । हाल सी नेपालले २६१ जना घरबार बिहिन वालवालिकालाई खान, बस्न र शिक्षाको व्यवस्था गर्दै आइरहेको छ।
प्रकाशन मिति–२०७४ साल असोज ३१ गते मंगलवार ।