Miss Kavre 1

काठमाडौ। विगत आठ बर्षदेखि निरन्तर हुंदैआएको काभ्रे जिल्लाको शान र गौरब मिस काभ्रेको नवौ संस्करण यो बर्ष पनि काभ्रेमा हुने भएको छ। बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ काभे्रका युवतीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन भैरहेको मिस काभ्रे २०१७ को तयारी काभे्रस्थित बनेपामा भैरहेको छ।

Miss Kavre 2प्रसिद्ध कोरियोग्राफर राज फैंजुको कोरियोग्राफी तथा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा मिस काभ्रेको विगत बर्षहरुमा जस्तो यो बर्ष पनि आयोजना हुन गैरहेको हो। मिस काभ्रे २०१७ मा उत्कृष्ट ठहरिएका १० जना प्रतिस्पर्धीहरु वीच यही भाद्र ३१ गते फाइनल राउण्ड काभ्रेको बनेपा स्थित अरनिको सभा भवनमा हुने भएको छ।

Miss Kavre 3प्रतियोगितामा सहभागीहरुलाई एक्टिङ, डान्स, व्यक्तित्व विकास र स्टेज पर्फमेन्स जस्ता क्लासहरु दिइरहेको जानकारी रेडियन्ट इभेन्ट म्यानेजमेन्टका डाइरेक्टर राज फैजुले दिएका छन्।

Miss Kavre 4यसैवीच गत शनिबार काठमाडौंको गोंगबु स्थित मानवसेवा आश्रममा मिस काभ्रे २०१७ का प्रतियोगीहरुका साथमा आयोजक टिमले लत्ताकपडालगायतका सामग्रीहरु हस्तान्तरण गरेका थिए। कार्यक्रममा उनीहरुलाई संयुक्त रुपमा खाना खुवाएर प्रतियोगीहरुले मनोरञ्जन पनि प्रदान गरेका थिए ।
प्रकाशन मिति–२०७४ साल भाद्र १२ गते सोमवार ।