काठमाडौ। पहिलो पल्ट वि.सं. २०७१ सालमा आयोजना गरेको कामना फिल्म अवार्डको दोश्रो संस्करण लक्स कामना फिल्म अवार्ड शनिवार आयोजना गरियो।

lux-kamana-film-award-2

काठमाडौको भद्रकाली स्थित आर्मी अफिसर्स क्लवमा आयोजित दोश्रो संस्करणको अवार्ड कार्यक्रममा लाइफ टाइम एचिभमेन्ट अवार्ड बरिष्ठ चलचित्र लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मा र साउण्ड इन्जिनियर प्रदीप उपाध्यायलाई जनही नगद १ लाख सहित प्रदान गरियो।

lux-kamana-film-award-1

सर्वोत्कृष्ट नायिकाको अवार्ड चलचित्र क्लासिकवाट नायिका नम्रता श्रेष्ठले जितिन् भने, नायकमा चलचित्र फन्कोवाट सौगात मल्लले हात पारे। उत्कृष्ट चलचित्र पशुपति प्रसाद बन्यो भने, निर्देशक चलचित्र पशुपति प्रसादका दीपेन्द्र के खनाल नै बने। उत्कृष्ट सहअभिनेता चलचित्र प्रेमगीतवाट सरोज खनाल र उत्कृष्ट सहअभिनेत्री चलचित्र क्लासिकवाट प्रियंका कार्की बनेका छन्।

lux-kamana-film-awardनव–नायिका चलचित्र ड्रिम्सवाट साम्राज्ञीराज्यलक्ष्मी शाहले जितेकी छन्। नाइँ नभन्नु ल ४ बाट पल शाह उत्कृष्ट नव–नायक बने। नव–निर्देशकको अवार्ड चलचित्र ड्रिम्सका निर्देशक भुवन केसीले पाए। लाखौ पाठकको प्रिय पत्रिका कामना र चौधरी ग्रुपको सिजी इन्टरटेन्टमेन्टको संयुक्त आयोजनामा लक्स कामना फिल्म अवार्ड भएको हो।

lux-kamana-film-award-3प्रकाशन मिति–२०७३ साल मंसीर १९ गते आइतवार ।