काठमाडौं। नेपालको नंबर वान नृत्यको विद्यालय कामना कला केन्द्रको आयोजनामा कामना लिट्टल डान्स च्याम्पियन २०१९ हुने भएको छ। त्यसको लागि यतिखेर व्यापक रुपमा अडिसनको कार्यक्रम भैरहेको छ।

काठमाडौंका कपन स्थित साम्तेन स्कुलवाट कामना लिट्टल डान्स च्याम्यिनको अडिसन विहीवार शुरु भएको जानकारी कामना कला केन्द्रका संस्थापक तथा ख्यातिप्राप्त अग्रज नृत्य निर्देशक भुवन श्रेष्ठले दिएका छन्। प्ले ग्रुपदेखि कक्षा ४ सम्मका विद्यार्थी भाइबहिनीहरुको आन्तरिक प्रतिभा पहिचान गर्ने उदेश्यले कामना कला केन्द्रले कामना लिट्टल डान्स च्याम्पियन २०१९ गरिन लागेको हो।

बृहत रुपमा गरिन लागेको यस च्याम्पियनका लागि नृत्य निर्देशक हरुको अन्तरक्रिया कार्यक्रम कामना कला केन्द्र गोपीकृष्ण नगर चाबहिलमा विहीवार नै संपन्न भएको छ। ३० जना नृत्य निर्देशकहरुको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा कामना कला केन्द्रका संस्थापक नृत्य निर्देशक भुवन श्रेष्ठले स्कुल–स्कुलमा नृत्य शिक्षा को आवश्यकता र नृत्यसँग आबद्ध ताल,लय,अभिनय,भेषभूषा,श्रृंगार,बाद्यवादन,बाजाहरुको नाम, लोक–शास्त्रीय नृत्यहरुको पठनपाठन गराउन केही हदसम्म नृत्य–निर्देशकहरुले जानकारी राख्नु पर्ने धारणा ब्यक्त गरेका थिए। अन्तरक्रिया कार्यक्रममा नृत्य निर्देशकहरुले यस्तो कार्यक्रम अत्यन्त आवश्यक भएको र धेरै सिक्न बांकी रहेको धारणा व्यक्त गरे।


प्रकाशन मिति–२०७६ साल २४ गते शुक्रवार ।