Mr.Saroj Basnet

काठमाडौं । काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगमा सरोज बस्नेत उपाध्यक्ष नियुक्त भएको छ। काठमाडौं महानगरको आइतबार बसेको ३३ औं नगर कार्यपालिका बैठकले बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेको हो।

 

शहरी योजनाविद बस्नेत यसअघि शहरी योजना आयोगकै सदस्य सचिव थिए। गएको चैत २४ गते सम्पन्न महानगरको चौथो नगर सभाले स्वीकृत गरेको काठमाडौँ महानगरपालिका शहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्थाबमोजिम बस्नेतलाई उपाध्यक्ष नियुक्त गरिएको हो।

ऐनले आयोगको अध्यक्ष महानगरको मेयर रहने व्यवस्था गरेको छ। बैठकले पाकिस्तानको इस्लामावाद नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न प्रस्ताव अनुमोदन गरेको छ। बैठकमा प्रहरीसँगको साझेदारितामा शहरमा राखिने सिसिटिभि क्यामरा जडान गर्न थप २ करोड ८१ लाख उपलब्ध गराउने निर्णय गरेको छ। यस अघि यही कार्यक्रमका लागि ३ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ।

Mr.Saroj Basnet-Vice Chairman of CPC-KMC

प्रकाशन मिति–२०७६ साल जेठ १३ गते सोमवार ।