–सुनकुमार अवाल
काठमाडौं। सहकारीको माध्यमवाट सामान्य जनमानसको आर्थिक स्थितिलाई समृद्ध गर्ने उदेश्यले स्थापित कामियाबी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले स्थापनाको सातौं बार्षिक उत्सव मनाएको छ।

काठमाडौं महानगरपालिका वडा नंबर २५ महाबौद्धस्थित मुख्यालय रहेको कामियाबी बहुउदेश्यीय सहकारी संस्थाले स्थापनाको सातौं बार्षिक उत्सव मनाएको हो । उत्सवले नयाँ कार्य समिति पनि चयन गरेको छ।

अशोक रिजालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको सहकारीले जनाएको छ। त्यस्तै उपाध्यक्षमा ध्रुव पोखरेल, सचिव टिकाराम न्यौपाने, कोषाध्क्षय राजकुमार बस्नेत र सदस्यहरुमा प्रबल घिमिरे, विकास बहादुर श्रेष्ठ, चण्डी कुमारी ढकाल क्षेत्री चयन भएको छ। लेखा समिति संयोजक शंकर बस्नेत र सदस्यमा रमेश कार्की छन् ।

सहकारीका केन्द्रिय सदस्य आनन्द कुमार श्रेष्ठका अनुसार विसं.२०७१ सालमा महाबौद्धमा मुख्यालय राखेर स्थापना गरिएको उक्त सहकारीको कोटेश्वरमा पनि शाखा कार्यालय रहेको छ ।

प्रकाशन मिति–२०७८ साल माघ १ गते शनिवार ।