काठमाडौं। कम्बोडिया सरकारले त्यहाँको फिल्मी हिरोइन समेत रहेकी २६ बर्षिया सुन्दरी डेनी ननलाई एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ।

Cambodian Actress Banned from Filming for a Year Because She’s Too Sexy

डेनी आवश्यकता भन्दा धेरै सुन्दरी भएकोले यस्तो प्रतिबन्ध लगाइएको गजबको कुरा बताइएको छ। डेनीका कामुक तस्वीरहरुले त्यहाँको आचारसंहिताको उल्लंघन गरेको कम्बोडियाको कला तथा संस्कृति मन्त्रालयको ठहर पनि रहेको छ।

समाचार अनुसार, कम्बोडिया सरकारले डेनीमाथि यस्तो कठोर कदम चाल्नुको कारण डेनीको फेसबुक पेज हो। उक्त फेसबुक पेजमा उनका ३ लाख फलोअर्स छन् । जहाँ उनले आफ्ना निकै कामुक तस्वीरहरु पोष्ट गर्दै आएकी थिइन्। तर उनी भने आफूले प्रतिबन्धित हुनुपर्ने कुनै काम नगरेको भन्दै प्राकृतिक रुपमै सुन्दर रहेको बताएकी छन् ।

आफू सुन्दर रहेको र कुरुप बन्नका लागि केही पनि गर्न नसक्ने डेनीको भनाइ छ । तर अबदेखि कुनै पनि सेक्सी फोटो फेसबुकमा शेयर नगर्ने डेनीले त्यहाँका समाचार माध्यमहरुलाई बताएकी छन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल बैशाख ३१ गते मंगलवार ।