Ratna Bahadur Khadgi Musicianकाठमाडौ। कालजयी गीतका बरिष्ठ संगीतकार रत्नबहादुर खड्गीको विहीवार ७९ बर्षको उमेरमा दुःखद निधन भएको छ। फोक्सोमा भएको क्यान्सरको कारण भक्तपुर क्यान्सर अस्पतालमा संगीतकार खड्गीको निधन भएको पारिवारिक स्रोतले बताएको छ।

गायिका अरुणा लामाको गायन रहेको एक्लै बस्दा सधैं मलाई संझना तिम्रो आइदिन्छ बोलका जस्ता कयन कालजयी गीतका सांगीतिक स्रष्टा खड्गीको जन्म वि.सं.१९९५ साल कात्तिक १० गते काठमाडौको डिल्लीबजारमा भएको थियो।

वि.सं.२०२३ सालमा रेडियो नेपालवाट आयोजित राष्ट्रिय गायन प्रतियोगितामा संगीतमा प्रथम तथा वि.सं.२०३१ सालमा रेडियो नेपालव्दारा नै आयोजित आधुनिक संगीत प्रतियोगितामा संगीततर्फ प्रथम संगीतकारको विजेता बनेका संगीतकार खड्गीको गायन रहेको आँशु बही दिनरात मैले बोलको गीत नै उनको पहिलो गीत मानिएको छ। उनले एक दर्जनभन्दा बढी गीतमा आवाज दिएका छन्।
प्रकाशन मिति–२०७२ साल माघ ७ गते विहीवार ।