Phohor ko Dungur 2काठमाडौ। काठमाडौ महानगरपालिका वडा नंबर २९ स्थित कालिकास्थानमा दुई दिनदेखि फोहोर उठ्न सकेको छैन्। जसलेगर्दा दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुल तथा उक्त स्कुलमा पढ्ने ३ सय भन्दा विद्यार्थीहरुको स्वास्थ्यमा असर पर्न थालेको छ। त्यसमाथि, स्थानीय बाताबरण पनि खलबल भएको पाइएको छ। विहीवार विहान १० बजेसम्म पनि स्कुलको गेटनेर थुपारिएको फोहोर उठाएर सफा गर्ने कार्य काठमाडौ महानगरपालिका वडा नंबर २९ का कुचिकार कर्मचारीले गरेको देखिएन।

काठमाडौ महानगरपालिका वडा नंबर २९ मा स्थानीय तथा स्कुल प्रशासनले स्कुलको प्राङ्गनमा फोहोर फाल्ने कार्यमा रोक लगाउन बारम्बार अनुरोध गरिएतापनि त्यसको खासै सुनुवाई भएको पाइएको छैन्। स्कुलको गेटनिर नै फोहोर फाल्ने र त्यहीवाट फोहोर उठाउने कार्यले गर्दा स्कुले विद्यार्थी तथा अभिभावकहरुमा नराम्रो असर पर्न गएको छ।

Phohor ko Dungur 3त्यसमाथि, कालिकास्थान जस्तो व्यस्त सडकमा फोहोर थुप्रिनु र फोहोर फालिनु निश्चय पनि राम्रो नभएको स्प्याङ्गल स्कुलका प्रिन्सिपल धन सुव्वा लगायत स्थानीयको गुनासो रहेको छ। स्कुलको गेटनिर फोहोर थुपार्ने काठमाडौ महानगरपालिकाको कार्य अत्यन्त निन्दनिय कार्य भएको उनीहरुको भनाई रहेको छ।

त्यसको उचित व्यवस्थापन र सही स्थानमा फोहोर थुपारेर विहान नहुंदै फोहोरलाई उठाउने काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको भिजन तथा मिसनलाई काठमाडौ महानगरपालिकाका कुचिकार तथा कर्मचारीहरुले नै सहयोग नगरिरहेको अवस्था रहेको छ।

Phohor ko Dungur 2

यो अवस्थाले गर्दा कालिकास्थान लगायत काठमाडौ महानगरका संवेदनशील विभिन्न स्थानहरुमा फोहोरको डुंगुर थुप्रिएको छ। जसले गर्दा काठमाडौ महानगरवासीहरुको जनस्वास्थ्यमा गंभीर असर पर्न थालेको छ।
प्रकाशन मिति–२०७४ साल भाद्र २२ गते विहीवार ।