काठमाडौं। विसं.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पवाट ध्वंस्त भएको काठमाडौंको शान तथा गौरब सातौ शतव्दाीको काष्ठमण्डप पुनर्निर्माणको कार्य आधाभन्दा बढी सकिसकेको छ।

यस संवन्धमा काष्ठमण्डप पुनर्निर्माण समितिले सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम गरेर काष्ठमण्डप पुनर्निर्माण संवन्धमा प्रगति विवरण तथा आर्थिक प्रतिवेदन जनसमक्ष राख्ने कार्य भएको हो।

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष ३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यले हालसम्मका प्रगति विवरण तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए। काठमाडौं महानगरपालिकाको ५ करोड अनुदान सहयोगमा काष्ठमण्डपको पुनर्निर्माण कार्य हुंदै भएको अध्यक्ष सांसद शाक्यले हालसम्म ३ करोड खर्च भैसकेको बताएका छन्।

सम्पदा विज्ञ डा.सुर्दशन तिवारी, संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, बिणा श्रेष्ठ, वडा अध्यक्षहरु चीनकाजी महर्जन, मचाराजा महर्जन, बालकृष्ण श्रेष्ठ तथा सम्पदा विज्ञ कुलभक्त शाक्य लगायतको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिता रहेको थियो। कार्यक्रमको संचालन गौतम डंगोलवाट भएको थियो।

प्रकाशन मिति–२०७६ साल कात्तिक ५ गते मंगलवार ।