काठमाडौं। काठमाडौंको शान तथा गौरब अनि नामको रुपमा रहेको ऐतिहासिक काष्ठमण्डपको पूर्नरनिर्माणले तिब्रता पाएको छ।

श्रीपञ्चमीको दिन पारेर विसं.२०७२ सालको बैशाख १२ गतेको महाभूकम्पवाट ध्वंस्त बनेको काष्ठमण्डपको चार थाम उठाउने कार्य भएको छ। चार थामको विधिवत रुपमा पूजाआजा गरेपश्चात ती चारै थाम उठाउने कार्य भएको हो।

काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक ३ नंबर प्रदेशका सांसद राजेश शाक्यव्दारा काष्ठमण्डपमा नै राखिएको पहिलो थामको विधिवत रुपमा पूजाआजा गरिएको थियो।

त्यसपछि, हनुमानढोका क्षेत्रस्थित कालभैरब परिसरमा राखिएको तीन थामलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले विधिवत पूजाआजा गरेपश्चात ती तीन थामलाई बोकेर काष्ठमण्डपमा लगिएको थियो।

ती तीन थाम र काष्ठमण्डपमा रहेको एक थाम सहित चार थाम उठाएर काष्ठमण्डपलाई उठाउने कार्य भएको संयोजक ३ नंबर प्रदेशका सांसद राजेश शाक्यले भिजन संसार डटकमलाई बताएका छन्। सांसद शाक्यका अनुसार, काष्ठमण्डपलाई पहिलोजस्तै दूरुस्त बनाउने कार्यमा कालिगढदेखि सवैजना अहोरात्र लागिरहेका छन्।

काष्ठमण्डपको पहिलो तल्लाको छानो छाउने कार्य संभवत यही आउने असारभित्र हुने अनुमान गरिएको छ। यो तीनबर्षभित्र काष्ठमण्डपले उही पुरानो जीवन्त रुप पाउने भएको छ। काष्ठमण्डप पूर्नरनिर्माणमा कुनैपनि विदेशी दातृराष्ट्रको सहयोग छैन्। यसमा हाम्रो काठमाडौं हामी बनाउंछौ नारा सहित काठमाडौं महानगरपालिकाले संपूर्ण लगानी गरेको छ।

काठमाडौं महानगरपालिकाले काष्ठमण्डपलाई जीवन्त बनाउने कार्य भैरहेको जिकिर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको रहेको छ। मेयर शाक्यले काष्ठमण्डप लगायत विभिन्न मूर्त सम्पदा तथा अमूर्त सम्पदाहरुको संरक्षण गर्ने कार्य तिब्र रुपमा भैरहेको बताएका छन्।

प्रकाशन मिति–२०७५ साल माघ २८ गते सोमवार ।