काठमाडौं। काठमाडौंको शान तथा गौरबको प्रतिक काष्ठमण्डप पूर्नरनिर्माणमा अहोरात्र कार्य भैरहेको छ। काष्ठमण्डप पूर्नरनिर्माणको कार्यमा ३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यको अहोरात्र मेहनतले दिनानुदिन सार्थकता प्राप्त हुदैगएको हो।

काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक रहेका सांसद शाक्यले काष्ठमण्डप पूर्नरनिर्माणको कार्य ५५ प्रतिशत संपन्न भैसकेको भिजन संसार डटकमलाई बताएका छन्। बाँकी कार्य पनि तिब्र रुपमा हुदैगरेको औल्याउंदै काष्ठमण्डप पूर्नरनिर्माण कार्यमा स्वदेशी श्रम, सीप, सामाग्री, पूँजी र प्रविधिको प्रयोग भएको सांसद शाक्यले जिकिर गरेका छन्।

जसअनुरुप नेपाली कालिगढहरु पसिना चुहाएर काष्ठमण्डप पूर्नरनिर्माण गर्नका लागि चिसो तथा गर्मी नभनिकन काम गरिरहेको पाइन्छ। पहिला हनुमानढोका प्रहरी कार्यालय भएको परिसरमा काष्ठमण्डप पूर्नरनिर्माणका लागि नेपाली सीपवान कालिगढहरु काठका कलामा प्रचुर श्रम तथा सीप कोर्न व्यस्त भैरहेको पाइन्छ।

सांसद शाक्यको नेतृत्वमा ती सीपवान कालिगढका प्रचुर श्रम तथा सीपले काठमाडौंको शान तथा गौरब काष्ठमण्डप दिनानुदिन पहिलाको जस्तै दूरुस्त आकार–प्रकारमा मुस्कुराउने क्रममा रहेका छन्। यस कार्यका लागि सांसद आफै कहिले पूर्वी नेपालको सर्लाही लगायतका स्थानवाट काठ लिन पुग्ने गरेका छन्। आइतवारवाट काष्ठमण्डप पूर्नरनिर्माणका लागि आवश्यक काठको जोहो गर्न सांसद शाक्य पश्चिम नेपालको धनगढी पुग्दैछन्।

धनगढीमा काष्ठमण्डप पूर्नरनिर्माणका लागि आवश्यक काठ त्यहाँ भएको विज्ञहरुले दिएको सल्लाह बमोजिम त्यसतर्फ जान लागेको सांसद शाक्यले बताएका छन्। काठमाडौं महानगरपालिकाको सहयोगमा जनस्तरवाट पूर्नरनिर्माण हुंदैगरेको काष्ठमण्डप विसं.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पवाट ध्वंस्त बनेको थियो।


प्रकाशन मिति–२०७६ साल फागुन २ गते शुक्रवार ।