काठमाडौं। लामो भागको हांस्य टेलिसिरियल तितो सत्यवाट का–बेमान उपनामवाट व्यापक ख्याति कमाएका हांस्य अभिनेता रवि डंगोलको नयाँ थेगो घाँस खाने पनि व्यापक चर्चामा आउन थालेको छ।

दुई बूढाहरुको रोमान्टिक कथावस्तुमा अघि बढेको विलकुलै नयाँ तर, अत्यन्त रमाइलो टेलिसिरियल उल्टो–सुल्टोवाट रवि डंगोलको नयाँ थेगो घाँस खानेले चर्चा पाएको हो।

हालसम्म १०८ भागको श्रृंखला प्रसारण भैसकेको उल्टो–सुल्टोमा रवि डंगोलका साथमा बालदीप राई, पूर्ण थापा, राजन थापा, निशा पाख्रिन, मीना लामा, अम्बिका लामिछाने, आशिका बस्नेत, नवराज भण्डारी, विपना चौलागाइ, सविता खड्का, श्रीप्रसाद थापा, मुकेश हमाल, रोशन कार्की, मनोज तामाङ, प्रतिक दुलाल, अनुजा अधिकारी, रक्षा गुरागाँइ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

राजन थापाको लेखन, रवि डंगोलको निर्देशन, बालदीप राईको निर्माण, मिडिया हबको प्रस्तुति रहेको छ। छायाँकन सागर खड्काले गरेका छन्भने, सम्पादन रोविन भट्ट र अशोकको रहेको छ । गीत शैलेन्द्र सिंखडाले लेखेका छन्। संगीत टंक बुढाथोकीले दिएका छन्। प्रोडक्सन म्यानेजर सागर गिरी रहेको छन्।

प्रकाशन मिति–२०७७ साल असोज ५ गते सोमवार ।