काठमाडौं। का–बेमान थेगोवाट व्यापक चर्चामा आएका नेपालका ख्यातिप्राप्त हांस्य–अभिनेता रवि डंगोलको नजरमा कोरोना महाबेमान हो। संसारलाई त्राहीमाम पार्दै त्रासै त्रासमा पार्ने कोरोना महाबेमान नै भएको जिकिर का–बेमान रवि डंगोलको रहेको छ।

विश्वका धेरै मुलुकलाई त्राहीमाम बनाउंदै आएको यो कोराना भाइरसका कारण सवैको रोजीरोटी खोस्ने काम मात्र नगरिकन ज्यानै लिने कार्य गरेको छ। यसलेगर्दा पनि कोरोना महाबेमान हो भन्ने दावी का–बेमान रवि डंगोलको छ। यसलेगर्दा चाहेर पनि सवैले रंगमय रमाइलो होली पनि साथीभाइ मिलेर रमाउन पनि डराउनुपर्ने, विहेभोज लगायतका सामूहिक परम्परागत कार्यक्रम पनि गर्न डराउनै पर्ने स्थिति यही कोरोनाकै कारण हो।

यो कोरोनालाई विश्ववाटै लखेट्न सक्ने महाबलवान माइकललाल औषधिको चांडै विकास गरेर सवैको डरलाई मनैवाट हटाइदिन ढिला भैसकेको राय पनि का–बेमान रवि डंगोलको रहेको छ। का–बेमान थेगोभन्दा पहिला तो..ता हो बोलको थेगोवाट हिट भएका का–बेमान अभिनित पहिलो चलचित्र बादल हो

त्यसपछि धेरै चलचित्रमा अभिनय गरिसकेका का–बेमान रवि डंगोलको नोटिसेबल फिल्म आफन्त, पालेदाइ, छक्का–पञ्जा लगायत धेरै छन्। धेरै भन्दा धेरै सिरियलमा अभिनय गरिसकेका का–बेमान रवि डंगोल यतिखेर उल्टो सुल्टो नामक कमेडी सिरियलमा व्यस्त छन्।

यिनै का–बेमान रवि डंगोलसंग भिजन संसार डटकमले लिएको भिडियो अन्तरवार्ता–

प्रकाशन मिति–२०७६ साल फागुन २३ गते शुक्रवार ।