काठमाडौं। किडनी रोगवाट पिडित फोटो पत्रकार आशाकाजी महर्जनको सहयोगार्थ जापानको टोकियोमा च्यारिटी बजार हुने भएको छ। जापानको टोकियोको सिन कोईवा स्थित ठमेल हलमा च्यारिटी बजार हुने भएको हो।

अक्टोवर २८ तारेख आईतवारका दिन टोकियो ,सिन कोईवाको ठमेल हलमा दिउँसो ११ बजे देखि च्यारिटी बजार हुन लागेको ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्यले बताएका छन्। उक्त बजारमा सामानहरु बिक्री भएर जम्मा भएको सम्पूर्ण रकम पिडित फोटो पत्रकार महर्जनलाई हस्तान्तण गरिने भएको छ।

त्यसैगरेर, नेपालमा किडनी रोग पिडित फोटो पत्रकार महर्जनको सहयोगार्थ नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रिय अध्यक्ष श्रीकृष्ण महर्जनको अगुवाईमा पत्रकार सहायता कोष स्थापना गरेको छ। कात्तिक ९ गते बसेको दबूको सचिवालय बैठकले गरेको निर्णयले दबूका उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि बनाएको छ। जसमा सुनिल महर्जन, केके मानन्धर, सुरेन्द्रभक्त श्रेष्ठ र रचना श्रेष्ठ सदस्य रहेका छन्।

किडनी पिडित फोटो पत्रकार महर्जनलाई सहयोग गर्न चाहने महानुभावहरुले निम्न फोन नंबरमा संपर्क गरेर सहयोग गर्न सक्नु हुने पनि भनिएको छ।
1-श्रीकृष्ण महर्जन (अध्यक्ष, नेवाः पत्रकार राष्ट्रिय दबू)      Contact No. 9841752583
2-नृपेन्द्रलाल श्रेष्ठ (संयोजक “पत्रकार सहायता कोष”) Contact No. 9851098095

प्रकाशन मिति–२०७५ साल कात्तिक १० गते शनिबार