काठमाडौ। नेपालका बालबालिकाहरुमा अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित किडी फेश अफ द एयर २०१६ दोश्रो संस्करणको ट्यालेन्ट शो सम्पन्न भएको छ।

kidy-face-of-the-year

कार्यक्रममा बालबालिकाहरुले आफूमा भएको प्रतिभा प्रस्तुत गरिएका थिए । कार्यक्रममा बालबालिकाहरुले नृत्य, गायन, अभिनय, चित्रकला, बक्क्तिृत्व कला, वाद्य वादनमा गितार, चित्रकला, विट्बक्स आदि प्रदर्शन गरिएका थिए।

कार्यक्रमका निर्णायकहरुमा गायक तथा थ्रिएटर कलाकार श्याम खड्का, डान्स कोरियोग्राफर अनुप डंगोल र फेशन डिजाइनर काजल थापा रहेका थिए । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनमा भइरहेको किडी फेश अफ द एयर २०१६ को कोरियोग्राफी राज फैजुले गरिरहेका छन्।

उक्त कार्यक्रमका विजेताहरुलाई विभिन्न विज्ञापनहरुमा अवसर प्रदान गरिने जानकारी संस्थाकी कार्यकारी निदेशक श्रीषा वैदार फैजुले बताउनु भएका छन् । कार्यक्रमको अन्तिम चरणका प्रतियोगिता आउदो शनिवार कार्तिक १३ गते, राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा सम्पन्न हुदैछ।

प्रकाशन मिति–२०७३ साल कात्तिक ८ गते सोमवार ।