काठमाडौं। नेपालको अग्रणी इभेन्ट म्यानेजमेन्ट कंपनी मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले भव्य ‘किन्डर गार्डेन फेसन शो’ आयोजना गरेको छ। काठमाडौंको सोल्टीमोडस्थित स्वस्तिक पार्टी भेन्युमा उक्त ‘किन्डर गार्डेन फेसन शो’ को आयोजना भएको हो।

४ देखि ६ वर्ष उमेर समूहका बालबालिकाहरुले आकर्षक क्याटवाक गरेको उक्त फेसन शोमा विभिन्न विद्यालयका ८० जना बालबालिकाहरुले भाग लिएको जानकारी आयोजक मर्निङ ग्लोरी इभेन्ट म्यानेजमेन्ट कंपनीका कार्यकारी अध्यक्ष मोहना क्षेत्रीले भिजन संसार डटकमलाई बताएकी छन्।

गर्मी बिदाको समयमा बालबालिकालाई रचनात्मक कार्यमा सहभागी गराउने उदेश्यले आयोजना गरिएको उक्त फेसन शोमा गुरुकुल पर्ल स्कूल, संस्कार शिक्षालय, डिपिएस, मदर्स प्राइड रवि भवन, किन्डरल्याण्ड ईन्टरनेशनल प्रि–स्कूलका विद्यार्थीहरुले क्याटवाक गरेका थिए ।

ख्यातिप्राप्त गायिका देविका बन्दनाको प्रमुख आतिथ्यमा सम्पन्न फेसन शोको क्रममा मर्निङ ग्लोरी इन्टरटेन्मेन्टको संयोजनमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफलता हासिल गरेका बाल–बालिकाहरुले समेत क्याटवाक गरेका थिए। फेसन शोमा पोल्का डट तथा लिधान्सा बुटिकले तयार पारेका पहिरनहरु प्रदर्शन गरिएको थियो।