काठमाडौं। नेपाली सांगीतिक प्रतिस्पर्धाको प्रतिष्ठित सम्मान भ्वाइस अफ नेपालको सिजन ३ को विजेता किरण गजमेर नागरिकताले नेपाली भने होइन । भुटानी शरणार्थी हुन्। भुटानवाट लखेटिएपछि झापाको भुटानी शिविर हुदै हाल अमेरिकाको प्रतिष्ठित नागरिक बनिसकेका किरण गजमेर यतिखेर नेपाली बन्न पाउंदाको गौरबता व्यक्त गर्दछन्।

भ्वाइस अफ नेपाल सिजन ३ को विजेता बनेको दिन आफूले नेपाली नागरिकता पाएको जस्तो अनुभव भएको नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्र र नेपाल सांगीतिक संघले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा किरण गजमेरले सुनाएपछि सवैलाई गंभीर अनि भावुक नै बनाए ।

नेपाली भाषी भएकै कारण मातृभूमि भुटानवाटै लखेटिनु पर्दाको पीडा अनि नेपालको झापा स्थित भुटानी शिविरवाटै मौलाएको नेपाली गायन कला तथा अमेरिका पुगेपछि पनि नेपाली गायन कलालाई नविर्सेको वताउंदै त्यहीवाट भ्वाइस अफ नेपाल सिजन ३ मा भाग लिएर विजेता बन्दाको त्यो गौरबतालाई कहिल्यै पनि विर्सन नसक्ने क्षण भएको किरण गजमेरले भन्न चुकेनन्।

त्यसमाथि, नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानको अगुवाइमा नेपाल सांगीतिक संघका केन्द्रिय सदस्य चर्चित गायक सीताराम पोखरेलले गौरबमय सम्मान दिदा हर्षको आँशु चुहाएका किरण गजमेरलाई भारतवाट जुमको माध्यमवाट ख्यातिप्राप्त अग्रज संगीतकार रञ्जित गजमेरले बधाई तथा शुभकामना दिएका थिए।

कार्यक्रममा ख्यातिप्राप्त गीतकार डा.कृष्णहरि बरालले किरण गजमेरको गायकी र उनले दिएको गौरबतालाई दिल खोलेर तारिफ गरेका थिए।

प्रकाशन मिति–२०७८ साल भाद्र ३ गते विहीवार ।