काठमाडौ। किशोर–किशोरीमा यौन संवन्धको चासो र यस संवन्धी बनेका अनेकन युट्युब च्यानलका फिल्महरुका कारण कम उमेरमा नै उनीहरु वीच यौन संवन्ध कायम हुन थालेको पाइएको छ। विशेषत विद्यालय उमेरका किशोर–किशोरीहरु वीच यस्तै कौतुहलता र चासोले गर्दा असुरक्षित यौन संवन्ध राख्नेहरु किशोर–किशोरीहरुको संख्यामा बृद्धि भैरहेको अध्ययनले जनाएको छ।

१३ बर्षदेखि १९ बर्षसम्मको टिनएजर किशोर–किशोरीहरुमा अरुलाई भन्दा बढी यौनको चासो तथा कौतुहलता हुने गरेको बुझिएको छ। जसलेगर्दा स्कुल लाइफमा नै उनीहरु वीच आकर्षण हुनासाथ यौन संवन्ध हुने गरेको छ। अनावश्यक गर्भधानवाट बच्न उनीहरु ४८ घण्टे इमरजेन्सी परिवार नियोजनको चक्की आइपिल किन्न आउनेहरु हिजोआज धेरै भएको सिद्धिविनायक फर्माका कृष्णप्रसाद भट्टराईको भनाइवाट पनि पुष्टि भएको छ।

फर्मा संचालक भट्टराई हिजोआज कन्ट्रासेप्टी आइपिल पिल्स किन्न आउने किशोर–किशोरी उम्मेर समूहका नै धेरै रहेको भन्छन्। त्यसमाथि काठमाडौ उपत्यकामा बर्सेनि २० वर्षभन्दा मुनिका करिब साढे ३ हजार २ सय किशोरीले गर्भपतन गराउने गरेको तथ्याङले पनि यस कुरालाई प्रमाणित गरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्याङअनुसार असुरक्षित यौनसम्पर्कबाट बसेको गर्भ सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालका प्रमुख महेन्द्र श्रेष्ठले पछिल्लो समय असुरक्षित यौनसम्पर्कको दरसँगै सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको भनेका छन्। सरकारमातहत दर्ता भएका स्वास्थ्य संस्थाले उपलब्ध गराएको तथ्याङका आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले एक प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनमा २० वर्षभन्दा कम उमेरका किशोरीले गर्भपतन गराउने दर आशातीत बृद्धि भैरहेको उल्लेख छ।

प्रमुख श्रेष्ठले परिवार र समाजको डरले गर्दा किशोरीहरु गर्भपतन गराउन निजी स्वास्थ्य संस्था जाने गरेको पाइएको भनेका छन्। यस अर्थमा किशोर–किशोरी वीच बढ्ेको यौन तथा यौन संवन्धका बारेमा चासो र खुल्दुलीले यसप्रकारको कार्यमा बढावा भैरहेको पाइएको छ। अर्कोतर्फ यौनका बारेमा बनेका अश्लिल फिल्म खुलेआम इन्टरनेटमा निस्फिक्री हेर्न मिल्ने भएकोले पनि त्यसको सिको गर्ने किशोर–किशोरीहरुका कारण यो समस्यामा बृद्धि भैरहेको जानिफकारहरुको भनाई रहेको छ।


प्रकाशन मिति–२०७४ साल मंसीर २० गते बुधवार ।