Vetran Actor Mr. Pawan Joshi
Vetran Actor Mr. Pawan Joshi

काठमाडौ। नेपाली कलाकारिता क्षेत्रमा विगत ४५ बर्षदेखि निरन्तर अग्रता कायम गर्दैआका कलाकार पवन जोशी कीर्तिपुरमा सम्मानित बनेका छन्।

कलाकार जोशीलाई चलचित्र लेखन, निर्देशन तथा अभिनय लगायतमा निरन्तर योगदान दिएवापत सम्मानित गरिएको हो।

कीर्तिपुरस्थित कलाकार गोविन्द किपु फाउण्डेसनव्दारा कलाकार जोशीलाई सम्मान गरेको हो।

Pawan Joshi sammanit 2कलाकार जोशीका साथमा स्थानीय नस्वाःखलः, गायक गौतम मानन्धर, संगीतकार ज्ञानेश्वर निभाः,गितारिष्ट अनील शाही, बाँसुरीबादक विनय महर्जन तथा नेपालभाषाको हाँस्यसिरियल समयबजीका निर्देशक सुरेन्द्र मानन्धर पनि सम्मानित बनेका थिए।

Pawan Joshi sammanit 1सम्मानित सवैलाई कीर्तिपुर नगरपालिका वडा नंबर ३ का वडा अध्यक्ष ज्ञानप्रसाद महर्जनले सम्मान प्रदान गरेका थिए।

Pawan Joshi sammanit 3प्रकाशन मिति–२०७४ भदौ १ गते विहीवार ।