काठमाडौं। कीर्तिपुरमा कोरोनाभाइरस (कोभिड–१९) परीक्षण गर्नका लागि पीसीआर ल्याव स्थापना भएको छ। कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले मंगलवार आयोजित कार्यक्रममा उक्त पीसीआर ल्याबको उदघाटन भएको हो।

उक्त उदघाटन कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर महर्जनले कीर्तिपुरमा वस्ने नगरवासीहरुलाई पहिलो प्राथमिकता दिनेगरी ल्याब स्थापना भएको बताएका छन्। कीर्तिपुरमा स्थापना भएको उक्त पीसीआर ल्याववाट एकपटकमा ९६ जना र एकदिनमा २३ जनाको स्वाब परीक्षण हुने भनिएको छ।

स्वाब परीक्षण गर्नका लागि एक दुई दिनमा नै स्वाब संकलन कार्य पनि अगाडि बढाइने भएको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहयोग र त्रिवि बायोटेकको सहकार्यमा कीर्तिपुर नगरपालिकाले त्रिवि लायन्स रक्त सञ्चार केन्द्रमा उक्त पीसीआर ल्याव स्थापना गरेको हो।
प्रकाशन मिति–२०७७ साल असार २४ गते बुधवार ।