काठमाडौं। त्रिभुवन विश्वविद्यालयको आयुर्वेद क्याम्पस परिसर कीर्तिपुरमा नयाँ ब्लड बैंक रहेको छ। जसको नाम त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र रहेको छ।

जसको तेस्रो साधारण सभा संपन्न भएको छ। उपप्रधान, स्वास्थ्य तथा जनसङ्खा मन्त्री उपेन्द्र यादवले त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको उदघाटन गरेका हुन्। मन्त्री यादवले लायन्सको कार्यको प्रशंसा गर्दै, उक्त केन्द्रलाई आवश्यक पर्ने सहयोग नेपाल सरकारद्वारा उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन्।

उक्त साधारण सभामा नेपाल रेडक्रस सोसाईटी, रक्त सञ्चार सेवा केन्द्रका निर्देशक मनिता राजकर्णिकारले लायन्ससँग मिलेर गुणस्तरिय रगत आपूर्तिमा आम समुदायलाई सहजता प्रदान गर्ने कार्यमा सहकार्य गर्न केन्द्र तयार रहेको वताएकी छन्। यसगरी ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोडान) का अध्यक्ष ई.सानुबाबु प्रजापतीले आफ्नो संस्थाको तर्फबाट लायन्स ब्लड बैंकलाई निरन्तर सहयोग गर्ने वचन दिदै सफलताको कामना गरेका थिए।

साधारण सभाले रुद्रहरि ज्ञवालीको अध्यक्षतामा १५ सदस्यिय कार्य समिति गठन गरेको छ। उपाध्यक्षमा राजेन्द्र गिरी, महासचिवमा अजयप्रसाद खनाल, कोषाध्यक्षमा बालकृष्ण बुर्लाकोटी, सचिवमा सुनिलभक्त श्रेष्ठ, यस्तै सदस्यहरुमा भरतप्रसाद ढुंगेल, दिनेश पौडेल, धनराज आचार्य, डि.के.ढुंगाना, मधुसुदन शर्मा, सुरेन्द्रप्रकाश बालाय, उर्मिला बस्नेत, विद्या श्रेष्ठ थापा, निरा बज्राचार्य, र शर्मिला कार्की थापा चयन भएको निर्वाचन संयोजक राजन लम्सालले भनेका छन्।

लायन रुद्रहरि ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रक्त सञ्चार केन्द्रको वार्षिक पचास हजार पिन्ट रगत संकलन र वितरण गर्न सक्ने क्षमता रहेको महासचिव अजय खनालले बताएका छन्।

प्रकाशन मिति–२०७५ साल पुस २३ गते सोमवार ।