काठमाडौं। व्यापक चर्चामा रहेको नेपाली कथानक चलचित्र ‘कीर्तिपुर ः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ अव प्रदर्शन हुने भएको छ। ‘कीर्तिपुर ः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ यही असार १३ गतेवाट प्रदर्शन हुने भएको हो।

राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको क्रममा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा चलचित्र ‘कीर्तिपुर ः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ आधारित रहेको छ। यसले गर्दापनि चलचित्र ‘कीर्तिपुर ः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ लामो समय सेन्सरमा अड्किएको थियो। सेन्सर बोर्डले ‘क्लिन चिट’ दिएपछि ‘कीर्तिपुर ः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ प्रदर्शनमा आउन लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ।

निर्देशन प्रदीप खड्गीले गरेको यस चलचित्रमा नेपालभाषाको लोकप्रिय चलचित्र‘राजमति’ चलचित्रकी नायिका हिसिला महर्जनले कीर्तिलक्ष्मीको शिर्ष भुमिकामा अभिनय गरेकी छिन् भने उनको पतिका रुपमा उनकै वास्तविक पति कलाकार मणिराज लवटले अभिनय गरेका छन्। पृथ्वीनारायण शाहका रुपमा अभिनेता यशराज गराच छन् ।

अन्य कलाकारहरुमा काजी धनबज्रको रोलमा मदनदास श्रेष्ठ, बीर नरसिंहको रुपमा विनोद श्रेष्ठ, मकर सिंहको रुपयमा सुशील राजोपाध्याय, मानबीरको रुपमा सुन्दरलाल श्रेष्ठ, भुयुमायाको रुपमा लक्ष्मी गिरी, चिनी मायाको रुपमा मञ्जु श्रेष्ठ, सुर प्रतापको रुपमा सुनील भट्टराई, कालु पाण्डेको रुपमा उदय श्रेष्ठको साथमा सुरबीर पण्डित, सञ्जय शर्मा राजोपाध्याय , शिला साय्मि, रश्मी नापित अनि कीर्तिलक्ष्मीको युवा भुमिकामा अन्जला नकर्मि लगायत धेरै कलाकारहरुको अभिनय रहेका छ।

फिल्ममा कला निर्देशक के.के. मानन्धर, सिनेमाटोग्राफी नबीन जोशी र शंकर महर्जन, द्वन्द उदय श्रेष्ठ , मेकअप अमृत मरहठ्ठा र डे«स डिजाइनर उद्धवराज भट्टराईं जुंगेको रहेको छ।
फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको चलचित्रको छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा भएको हो । अनन्त कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको यो चलचित्र निर्माणमा वीरेन्द्र ताम्राकार र प्रेम खड्गीले सघाएका छन्।


प्रकाशन मिति–२०७६ साल असार ३ गते मंगलवार।