ललितपुर । नेपाल र चीनको दुवै मोहडावाट विश्वको उच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान राख्ने नेपाली पत्रकार कल्पना महर्जनलाई वर्ल्ड बुक अफ रेकर्डले प्रमाण–पत्र प्रदान गरेको छ। साहसी नेपाली पर्यटन पत्रकार कल्पना महर्जनको कीर्तिमानीलाई बेलायतको वर्ल्ड बुक अफ रेकर्डले प्रमाणित गरेर प्रमाण–पत्र प्रदान गरेको हो।

ललितपुर महानगरपालिकाले आयोजना गरेको विशेष समारोहबीच आयोजित कार्यक्रममा बुधवार नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादवको हातबाट पत्रकार महर्जनले सो प्रमाणपत्र ग्रहण गरेकी हुन्। कार्यक्रममा आयोजक ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा उपमेयर गीता सत्यालले पत्रकार महर्जनको साहसिक कीर्तिमानीलाई दिल खोलेर तारिफ तथा प्रशंशा गरेका थिए।

साहसिक सफल आरोही पत्रकार महर्जनले पनि नेपाल र चीनको दुवै मोहडावाट विश्वको उच्च शिखर सगरमाथा आरोहणको बेलाको चीर सम्झनाहरुलाई मज्जाले प्रस्तुत गरेकी थिइन्। जुन सवैको प्रेरणाको विषय वनेको छ।

प्रकाशन मिति–२०७७ साल चैत्र ५ गते विहीवार ।