काठमाडौं। विज्ञान तथा बैज्ञानिक युगमा पनि हिजोका दिनमा जस्तै आधुनिक पुस्ताको चाख ज्योतिष विज्ञानमा पनि त्यतिकै पाइएको छ। अझ राशीमा विश्वास गर्ने नयाँ पुस्ताको कुनै कमी देखिदैन।

यसकारण पनि हिजोका दिनमा जस्तै आज पनि ज्योतिष विज्ञान एवम् ज्योतिष शास्त्रको महत्व गरिमामा बृद्धि भैरहेको छ। नासाका बैज्ञानिक तथा नासाका प्रमुखसम्मले संस्कृत भाषा सिकिरहेको वर्तमान अवस्थामा ज्योतिष विज्ञानको महत्व र गरिमामा अझ बृद्धि भएको पाइएको छ।

यसक्रममा ज्योतिष विज्ञानमा राशी अनुसारका कुन रङ (कलर)वाट शुभ फल दिने विषयमा केटिएम दैनिकले लेखेको छ। जुन यसप्रकार रहेको छ। यसले तपाईँको जीवनमा सकारात्मक प्रभाव नै पार्ने विश्वास गरिएको छ।

मेष ः (चु चे, चो, ला, लि, लु, ले, लो, अ) — यो राशि भएका व्यक्तिलाई रातो र सेतो रङ्ग अत्यन्तै शुभ मानिन्छ । एउटा रातो रुमाल सधैँ खल्तीमा राख्नाले धेरै कामहरू बन्ने तथा शुभ फल दिन्छ । मेष राशिका व्यक्तिहरूले आफ्नो पहिरनमा एक वस्त्र रातो धारणा गर्नु अति आवश्यक छ । रातो कपडा लाएर काम गर्ने यो राशिका व्यक्ति सफल हुन्छन् ।

वृष ः( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )— सेतो रङ्ग यो राशिको शुभ रङ्ग हो । सेताको साथै निलो, जामुना तथा हल्का निलो रङ्ग पनि शुभ नै मानिन्छ । यो राशिका व्यक्तिहरूले एउटा सेतो रुमाल आफ्नो खल्तीमा राखिराख्नु अति उत्तम र लाभदायी हुन्छ। पहिरनमा कुनै एक वस्त्र सेतो हुनु निकै राम्रो मानिन्छ।

मिथुन ः ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) — यो राशि भएका व्यक्तिहरूको शुभ रङ्ग पहेँलो वा केशरी हो । हरियो रङ्ग पनि राम्रै मानिन्छ । यो राशिका व्यक्तिहरूले एउटा पहेँलो रुमाल आफ्नो खल्तीमा राखिराख्नु अति उत्तम र लाभदायी हुन्छ । पहिरनमा कुनै एक अपहेला वा केशरी वस्त्र समावेश गर्नु निकै राम्रो मानिन्छ ।

कर्कट ः( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) — यो राशि भएका व्यक्तिको लागि सेतो, क्रिम कलर, हल्का निलो रङ्ग शुभ रङ्गको रूपमा लिइएको छ । यो राशिका व्यक्तिले सधैँ सेतो रुमाल गोजीमा राख्दा निकै शुभ र फाइदा हुन्छ । कर्कट राशिका व्यक्तिहरूले आफ्नो पहिरनमा एक वस्त्र सेतो धारणा गर्नु अति आवश्यक छ ।

सिंह ः ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) — यो राशिका व्यक्तिहरूका लागि सौभाग्यशाली रङ्ग सुनौला वा रातो रङ्ग हो । सूर्यका सबै रङ्गसँग मिल्ने वस्त्र धारण गर्न मनासिब नै हुन्छ । सधैँ रातो वा सुनौला रङ्गको रुमाल गोजीमा राख्दा अपेक्षित लाभ प्राप्त गर्न सकिन्छ ।

कन्या ः (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) — कन्या राशि भएका व्यक्तिहरूको सौभाग्यशाली रङहरू हरियो, अपहेला र सेतो हुन । चट्ट हरियो रुमाल खल्तीमा राख्नाले मानसिक शान्ति मिल्नुका साथै शुभ फल प्राप्त हुन्छ । वस्त्र धारण गर्दा कुनै एक कपडा हरियो वा अपहेला मिसाउनु शुभ मानिन्छ ।

तुला ः ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) — यो राशिलाई फाप्ने रङ्ग सेतो , क्रिम कलर , हल्का निलो हुन । सेतो रुमाल हरहमेसा साथमा राख्नाले सुख, शान्ति र सन्तोष मिल्दछ । सेतो रङका वस्त्र धारणा गर्नाले शुभ फल प्राप्त हुन्छ । पहिरनमा कुनै एक वस्त्र सेतो वा क्रिम कलर छनौट गर्नु पर्दछ ।

वृश्चिक ः ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) — यो राशि भएका व्यक्तिको शुभ रङ्ग रातो हो । रातो रङका साथै माटे कलर तथा खिया कलर पनि शुभ नै मानिन्छ । सधैँ रातो रङ्गको रुमाल चट्ट पट्याएर गोजीमा राख्दा अपेक्षित लाभ प्राप्त गर्न सकिन्छ, मानसिक शान्ति मिल्दछ । यो राशि भएका व्यक्तिले आफ्नो पहिरनमा रातो कपडाको सम्मिश्रण गर्नु फलदायी हुन्छ ।

धनु ः( ए, यो, भा, वि, भु, धा, फा, ढा, भे ) — धनु राशिको लागि मिल्ने रङ्ग अपहेला हो । यसका साथै निलो, हरियो, गुलाबी, जामन रङ्गलाई पनि शुभ नै मानिन्छ। अपहेला रङ्गको रुमाल साथमा राख्नाले सधैँ काममा सफलता मिल्छ अनि सिद्धी प्राप्त हुन्छ । आफ्नो पहिरनमा अपहेला रङ्गको वस्त्र मिसाउनु वा धारणा गर्नुपर्ने ज्योतिष शास्त्र को मत छ ।

मकर ः( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) — यो राशिलाई कालो, निलो रङले शुभ फल दिने हुन्छ । यो राशि भएका व्यक्तिहरूले कालो वा निलो रुमाल गोजीमा राखिरहने गर्नु पर्दछ, जसले मानसिक शान्ति अनि शुभ फल प्राप्त हुन्छ । कालो निलो रङ्गको वस्त्र धारणा गर्नु पर्दछ ।

कुम्भ ः ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) —यो राशि भएका व्यक्तिलाई कालो, निलो रङले शुभ फल दिने हुन्छ । यो राशि भएका व्यक्तिहरूले कालो वा निलो रुमाल गोजीमा राखिरहने गर्नु पर्दछ, जसको प्रयागले मानसिक शान्ति अनि शुभ फल प्राप्त हुन्छ । पहिरनमा पनि कालो निलो शुभ हुन्छ ।

मीन ः ( दिदी, द्यु, थ, झ, ञ, दे, दो, चा, ची ०)— यो राशि भएका व्यक्तिलाई म्याच गर्ने रङ्ग अपहेला, रातो वा नारंगी हो । अपहेला रङ्गको रुमाल गोजीमा राखेर हिँड्नु निकै लाभदायक हुन्छ । वस्त्र को छनौट गर्दा पनि अपहेला वा रातो रङ्गको गर्नु फलदायी हुन्छ। मानसिक सान्तीको साथै श्रीबृद्धीमा सहयोगी भूमिका निर्वाह गर्दछ ।

प्रकाशन मिति–२०७७ साल चैत्र ७ गते शनिवार ।