काठमाडौ। लायन्स क्लब अफ काठमाडौ समर्पित तथा उपकार सेवा संस्थाको संयुक्त आयोजनामा तालिम प्रशिक्षण केन्द्र स्थापना गरिएको छ।

काठमाडौको कुलेश्वरमा उक्त तालिम प्रशिक्षण केन्द्र स्थापना भएको हो।

लायन्स क्लब अफ काठमाडौ समर्पितकी सदस्य मोहना क्षेत्रीका अनुसार तालिम प्रशिक्षण केन्द्रले न्यूनतम शुल्कमा महिलाहरुलाई सिलाई तथा अगरबत्ती बनाउने तालिम संचालन गरिएको छ।

जसवाट महिला दिदीबहिनीहरु लाभान्वित हुने जानकारी क्षेत्रीले भिजन संसार डटकमलाई दिएकी छन्।

प्रकाशन मिति–२०७५ साल साउन १ गते मंगलवार ।