काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १४ कुलेश्वर बल्खु टेकुसीमा सुविधा संपन्न फुटसल शुभारम्भ भएको छ। भिजोनोभा रिक्रियसन सेन्टर नामक फुटसलको शुभारम्भ भएको हो।

शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले फुटसलमा फुटबल खेलेर उदघाटन गरिएको भिजोनोभा फुटसल ३२ आनामा फैलिएको सुविधा सम्पन्न फुटसल भएको भिजोनोभा रिक्रियसन सेन्टर फुटसलका संस्थापक अध्यक्ष रामकृष्ण तण्डुकारले वताएका छन्।

कमल इङ्गलिस बोर्डिङ हाइस्कुलका संस्थापक अध्यक्ष तथा प्रिन्सिपल समेत रहेका तण्डुकारले शिक्षाको साथमा खेलकुदको पनि अत्यन्त महत्व र आवश्यकतालाई मध्यनजर गरेर सर्वसाधारणका लागि स्वस्थ र तन्दुरुस्ताको उपयोगी स्थानको रुपमा भिजोनोभालाई विकास गरेको वताएका छन्।

फुटबल खेल सवैको प्रिय खेल भएको कारण मैदानको अभाव भैरहेको वर्तमान अवस्थामा भिजोनोभा जस्ता सुविधा संपन्न फुटसलको विकास तथा विस्तारले निक्कै नै टेवा दिने कार्य भएको शहरी विकास मन्त्री श्रेष्ठदेखि आमन्त्रित सवैको एक मत तथा धारणा रहेको छ। भिजोनोभामा व्यक्तिगत रुपमा तथा टिम वनाएर फुटबल खेल्न सकिने र त्यसको लागि राम्रो कोचको पनि व्यवस्था गरिएको अध्यक्ष तण्डुकारको भनाइ छ।

प्रकाशन मिति–२०७७ साल मंसीर २० गते शनिवार ।