काठमाडौ। गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्या आरोप लागेका छविलाल पौडेल आइतबार जेल चलान भएका छन्।

आज आइतवार पौडेल आफैं सर्वोच्च अदालतमा उपस्थित भएर थुनामा बसेर मुद्दा पुर्पक्ष गर्न पाउँ भनेर निवेदन दिएका थिए। अदालतमा उपस्थित भएलगत्तै पौडेललार्इ पुर्पक्षका ,लागि डिल्लीबजार कारागार चलान गरिएको हो।

सर्वोच्च अदालतले ६ पुस २०७२ मा पुर्पक्षका लागि थुनामा राखेर कानुन बमोजिम गर्न आदेश दिएको थियो। लामो समयसम्म सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि मृतक कृष्णप्रसादकी आमा गंगामाया अधिकारी गत १५ जेठदेखि वीर अस्पतालमा आमरण अनशन बसेकी छन्।

यसअघि अनशनकै क्रममा कृष्णप्रसादका पिता नन्दप्रसादको निधन भएको थियो ।
प्रकाशन मिति–२०७५ साल असार २४ गते आइतवार ।