काठमाडौं। हङकङमा रहेका ख्यातिप्राप्त नेपाली सांगीतिक उस्ताद कृष्णभक्त महर्जनको नयाँ गीत विश्वव्यापी सार्वजनिक भएको छ। नेपाली गीतको अपार सफलता पश्चात उस्ताद महर्जनको गीत तथा गायनमा नेपालभाषाको गीत युट्युब मार्फत विश्वव्यापी सार्वजनिक भएको हो।

ख्यातिप्राप्त संगीतकार हरिशरण सायमीको म्युजिक एरेञ्ज रहेको तथा स्वदेश महर्जनले सम्पादन गरेको गीतको भिडियोको बोल नै असन टोलमा पान खाएको विषय नै रहेको छ।

यस विषयमा घण्टाकर्णको कुरा पनि उठाइएको छ। सांगीतिक प्रस्तुतिका साथमा यस गीतका भिडियो निर्देशक रामकृष्ण खड्गीले सांस्कृतिक महत्वलाई बेजोड ढंगवाट उजागर गर्ने कार्य पनि भएको छ। दुई नेपालभाषाका सुपरस्टार हिरो रुपेन्द्र श्रेष्ठ तथा राजेन्द्र कीपु तथा नंबरी हिरोइन आराध्यलक्ष्मी खड्गीको बेजोड अभिनय रहेको छ।


प्रस्तुत छ–उस्ताद कृष्णभक्त महर्जनको विलकुलै नेपालभाषाको रोमान्टिक गीत

प्रकाशन मिति—२०७५ साल माघ १५ गते मंगलवार ।