काठमाडौं। काठमाडौंको गौरब तथा शान काष्ठमण्डप पूर्नरनिर्माण संपन्न भएको छ। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पवाट ध्वंस्त बनेको काष्ठमण्डपको तीन वर्षपछि पूर्नरनिर्माण संपन्न भएको हो।

सातौं शताव्दीमा बनेको काष्ठमण्डप पूर्नरनिर्माण संपन्न भएको अवसर पारेर नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार काष्ठमण्डपको अवलोकन भ्रमण गरेका छन्। पुरानै ढाँचा तथा शैलीमा काष्ठमण्डपको दूरुस्तै पूर्नरनिर्माण भएको पाइएको पूर्वप्रधानमन्त्री ओलीले भिजन संसार डटकमसंग प्रतिक्रियामा भनेका छन्।

कुनैपनि विदेशी सहयोग र विदेशी सामाग्री प्रयोग नगरिकन स्वदेशकै श्रम, सीप र काठमाडौं महानगरपालिकाको सहयोगवाट महाभूकम्पवाट ध्वंस्त बनेको काष्ठमण्डप पूर्नरनिर्माण भएर पुरानै शैलीमा ठडिएकोमा अत्यन्त खुशी लागेको वताउंदै पूर्वप्रधानमन्त्री ओलीले काष्ठमण्डप पूर्नरनिर्माणमा अहोरात्र खट्ने काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक राजेश शाक्य लगायत सवैलाई धन्यवाद दिने कार्य पनि भएको छ।

अवलोकन भ्रमणमा मध्यान्हतिर बसन्तपुर दरवारको आँगनीमा रहेको काष्ठमण्डपमा पुग्दा काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक तथा बागमती प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यका साथमा पूर्व मन्त्री तथा संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री तथा लोकप्रिय बौद्धिक योजनाविद सांसद डा.अजयक्रान्ति शाक्य, सामाजिक अभियन्ता कुलभक्त शाक्य लगायतले स्वागत गरेका थिए। यो मंसीर महिनाभित्र नै काष्ठमण्डपको उदघाटन हुने जनाएको छ।

प्रकाशन मिति–२०७८ साल मंसीर ३ गते शुक्रवार ।