ओकिली श्रीजन ताम्राकारको त्यो पीडामय यथार्थता

–श्याम स्मृत
काठमाडौं। नामै माइतिघर । कुनै चेलीको माइतिघर नभइकन काठमाडौंको सिंहदरवार नजिकैको टोल स्थानको नाम माइतिघर हो। त्यो माइतिघरमा पच्चीस बर्षअघि तत्कालिन मेयर तथा हाल मेयरमा पराजित केशव स्थापितले भत्काएर बनाएको भनिएको मण्डला रहेको छ। हालको मण्डला रहेको त्यो घेराबन्दी स्थानमा २१ परिवारका २१ घर थिए।

ती घर केशव स्थापित मेयर बनेपछि अधिकरण गरेर भत्काइयो। उचित स्थानमा पूर्नरवासको कुनै व्यवस्था नगरिकन घर भत्काइदिएपछि २१ घर परिवारकै विचल्ली भयो । उनीहरुको त्यो पीडाको घाउ ओकल्न सक्ने त्यो बेला अवस्था पनि थिएन । सवैको अवस्था विछिप्त थियो । सोही विछिप्त अवस्थाको कारण सोही २१ घर परिवार मध्येको एक परिवार नेपाली पप आधुनिक संगीतको चर्चित ब्याण्ड ओकिली ग्रुपका ओकिली श्रीजन ताम्राकारको थियो।

त्यो घर सम्झदा पनि ओकिलीको अस्तित्व वोकेका समाज सुधारक सामाजिक उत्प्रेरक गायक श्रीजन ताम्राकारको आँखा रसाउने गरेको छ। करोडौं मूल्यको त्यो घर कवाडी मूल्यमा केशव स्थापितहरुले भत्काएर लगेपछि श्रीजन ताम्राकारको पिताजीको मन नै अस्थिर भयो ।

डिप्रेसनमा पुगेको पिताजीको त्यो हालतवाट केही गरौं भनेर उत्साहका साथ सवैलाई प्रेरणा दिने श्रीजन ताम्राकारको मन पनि विक्षिप्त बन्यो । घरबास उठिबास नै भएपछि विक्षिप्त मन वोकेर केशव स्थापितहरुलाई सराप्दै अमेरिका हानिएका श्रीजन ताम्राकार शहरी सौन्दर्यको नाममा पूर्नरबासको कुनै व्यवस्था नगरिकन उठिबास नै गराउने केशव स्थापित प्रवृतिहरुवाट वाक्क दिक्क भएका नेपालीहरुले नयाँ सोच र खोजका बालेन साहहरु खोजी गरेका हुन भन्न चुक्दैनन्।

 

बालेन साहहरु समयको माग अनि खोज हो भन्ने सिर्जन ताम्राकार अव देश वनाउन जिम्मा युवाहरुको भएको भन्छन्। युवाहरुले अवसर नपाएकै कारण परदेशिनु परेको पीडा आफूजस्ता धेरै युवाहरुको रहेको तर्क श्रीजन ताम्राकारको छ।

मेरी ओकिली…ओकिली बोलको सुपरहिट गीत गाउंदै गर्दा देश उचालेका श्रीजन ताम्राकारले पच्चीस बर्षअघि देशमा नै केही गरौ भनेर सोच बनाएका थिए। तर, माइतिघरको बसोबासवाट आफ्ना परिवारको नै उठिवास गराइदिएपछिको त्यो चोट आज पनि श्रीजन ताम्राकारको मनमा आलो घाउ छ।

त्यही घाउमा मल्हम लगाउन सुनौलो सपना बुनेर अमेरिका हानिएका श्रीजन ताम्राकारका लागि सोचेजस्तो त्यहाँ पनि सहज भएन । त्यो पनि सानो मिस्टेकका कारण ! त्यो मिस्टेक भनेकै अमेरिकाको बसोबास ठेगाना लेख्ने क्रममा एक अंकको मिस्टेक लेखाइले बैधानिक कागजात बनाउन नौ बर्ष लागेको त्यो दुःख श्रीजन ताम्राकारले भुलेका छैनन्।

यसकारण, नेपालवाट अमेरिका आएर बैधानिक बसोबासका लागि कागजात वनाउने नेपालीहरुलाई सानोभन्दा सानो मिस्टेक नगर्न भन्ने गरेका छन्। यसका लागि सामाजिक सचेतना कार्यक्रम पनि अमेरिकामा चलाउने कार्य श्रीजन ताम्राकारवाट हुदैआएको छ। सानो सूचनाको अभाव तथा बैधानिक कागजातका विषयमा सचेतनामूलक सन्देश दिने कार्य निरन्तरता दिने कार्य श्रीजन ताम्राकारवाट हुदैआएको छ। जसवाट अमेरिकामा रहेका धेरै नेपालीहरु लाभान्वित बनेका छन्।

अमेरिकाको मेरिल्याण्ड राज्यमा कार्यरत श्रीजन ताम्राकार अमेरिकामा रहेका नेपालीहरुको सारथी बनेर कार्य गर्दैआएका छन्। कसैलाई आपत विपत परेमा आपतका देवता बनेर सहयोग गर्ने कार्य गर्दैआएका छन्। सामाजिक कार्य देखि सांस्कृतिक कार्यमा पनि त्यतिकै तल्लिन हुने गरेका श्रीजन ताम्राकारकै अगुवाइमा अमेरिकाको मेरिल्याण्डमा नेपालको इन्द्रजात्रा मनाउने कार्यको प्रारम्भ भएको हो।

नेपालमा इन्द्रजात्राका दिन अमेरिकामा पनि इन्द्रजात्रा मनाउने कार्य दशकौ देखि निरन्तर हुदैआएको छ। नेपाली मौलिक सांस्कृतिक परम्परालाई परदेशमा पनि जीवित बनाउनु पर्दछ र नेपाली नयाँ पुस्ताले थाहा पाउनु पर्दछ भन्ने मान्यताका श्रीजन ताम्राकार अमेरिकामा नेपाली कला तथा कलाकारिताको उत्थानका लागि त्यतिकै क्रियाशील छन्।

इनास मेरिल्याण्ड लगायतका विभिन्न संघ–संस्था मार्फत नेपाली कला र कलाकारिताको उत्थानका लागि सक्दो सहयोग गर्ने कार्य हुदैआएको छ। अर्कोतर्फ सिर्जनात्मक नेपाली साहित्य सम्मेलन लगायत कार्यको अगुवाइ गर्न र गराउन पनि श्रीजन ताम्राकारको अमेरिकामा उल्लेखनीय भूमिका रहेको छ।

अमेरिकामा नेपाल चिनाउन व्यस्त श्रीजन ताम्राकारले हर दिन हर रात नेपाल नसम्झेको दिन र रात नै छैन्। हर सपनीमा पनि काठमाडौंको न्यूरोडमा रमाउंदै गरेको अनि मामाघर ललितपुरको मंगलवजारतिर हराउंदै गरेको सपना अझैपनि देख्ने गरेको श्रीजन ताम्राकारले भनेका छन्। आमा र आफू जन्मेको माटोलाई कसैले पनि भुल्न नहुने श्रीजन ताम्राकारको ठहर छ ।

बाइस काममा श्रीजन ताम्राकारको अग्रता
क्लोजअप सिर्जन ताम्राकारकै शव्दमा
१. ओकिली जोडी अनिस सापकोटा ओकिली छोडेर अमेरिका उडेपछि एक्लैले ओकिलीको अस्तित्वलाई दशक धानेर उत्कृष्टमा पु-याएर आफूपनि अमेरिका लागेको।

२. न्यु मिडिया नामक अडियो भिडियो कम्पनीमा ब्यबस्थापक भएर जेम्स प्रधान, दीपक बज्राचार्य, राम श्रेष्ठ, सरोज दत्त, प्रबिण कृस मसान्द क्यासेट सिडि तथा अडियो भिडियो तथा कार्यक्रमहरुको बजार ब्यबस्थापन तथा प्रबद्र्धन गरेको ।

३. चर्चित वेभ म्यागाजिनमा नेपाली कलाकारहरुको स्तम्भमा वेभ इन्स्टान्ट ग्रीप नामक अडियो कलेक्सन मार्फत थुप्रै नेपाल पप संगीत तथा संगीत सर्जकहरुको प्रवद्र्धननमा आबद्ध भएर नेपाली गीत सगीतको प्रबद्र्धनमा लागेको ।

४. नेपालको अत्यन्तै प्रतिष्ठित नेपाली सांगीतिक कार्यक्रमहरु शिखर साँझ टुर, सिंघा रक एण्ड रोल, चौधरी ग्रुप लगायतका नेपाल टुर ५ पटक गरेको ।

५. काठमाडौं उत्सव, ट्रर्डेक्स, नेपाली मेला लगायतका सयौं कन्सर्ट इभेन्टहरुको संयोजन गरेको
लामो अनुभव ।

६. माईतीघर मण्डलाबाट विस्थापित । करोडौंको सम्पत्ति कवाडीमा गुमाए पछि भविष्य खोज्दै अमेरिका पलायन भएको ।

७. अमेरिकी टुर पछि बाल्टिमोरलाई कर्म थलो बनाउदै आएको।

८. सानो सुचनाको अभाव र अज्ञानताका कारण बैधानिक कागजात बन्न करिव ९ बर्ष लागेको यसै बिच लामो समय सम्म पारिवारिक बिछोडको कठिन दौरबाट जीवनमरण्को नर्किय जिवन भोगेको तर पनि समुदायमा अत्यन्तै सृजनात्मक र सकारात्मक सोच राख्दै सयौ उदाहरणीय सामाजिक कामहरु निरन्तर गरिरहेको।

९. सामाजिक संस्था बाल्टिमोर एशोसियसन अफ अमेरिकाको केन्द्रिय समिति भित्र रहि २ कार्यकाल काम गरेको र यसै दौरानमा नेपालमा गएको महाभूकम्पमा संस्थाको तर्फबाट देश र देशवासीको लागि आर्थिक–भौतिक नैतिक सहयोगमा सकृय रहेको । यसै बिच पहिलो पटक स्थानीय रुपमा नेपाली सडक महोत्सवको शुरुआत गरेको।

१०. सुचनाको सहज पहुँच र समुदायलाई जोड्नका लागि “मेरिल्याण्डका हामी नेपाली“ नामक संजालको शुरुआत गरेको । हाल ईनेप्लिज अन्लाईन मिडिया र Team 8848 संजाल मार्फत यी क्रियाकलापहरुलाई निरन्तर दिईरहेको ।

११. यसै बिच बढ्दै गएको नेपाली समुदायलाई जोड्ने र हाम्रो नेपाली भाषा साहित्य धर्म संस्कृतिको जगेर्ना गर्ने, पुस्तान्तरण गर्ने अभियान अन्तर्गत अभियानको शुरुवातका दिन देखि आजसम्म पूर्ण सकृय रुपमा “हिन्दु बुद्ध मन्दिर“ को अभियानमा समर्पित रहेको।

१२.चाडपर्वको जगेर्ना र प्रबद्र्धन र सम्बद्र्धनका लागि नेवाः अर्जनाईजेसन अफ अमेरिकाको केन्द्रीय सदस्यका रुपमा काम गरिरहेको ।

१३. बाल्टिमोरमा निर्माण भैरहेको हिन्दु बुद्ध मन्दिरमा होली, साहित्य भेला, समर फेस्टिभल लगायतका सामुदायिक कार्यक्रमहरुको सुरुवात गरेको ।

१४. इन्द्रजात्रा लगायतका पर्वहरुमा सक्रिय रहि निरन्तरता दिईरहेको।

१५. हाल ईनास मेरिल्याण्डको अध्यक्ष रुपमा नेपाली भाषा, साहित्य र कलालाई प्रबद्र्धन गर्न सकृय रहेको।।

१६.नेपालबाट आउने अभियानहरुलाई सहयोग गर्ने महाबिर पुन, डा.भगवान कोइराला लगायत गायक गायिका, चलचित्र निर्देशक, कलाकारको कार्यलाई सक्दो सहयोग गदैआएको ।

१७. बिभिन्न माध्यमहरुबाट नेपाली भाषा, साहित्य, कला र संस्कृतिको सम्बद्र्धन र प्रबद्र्धन गर्दै छरिएर रहेका नेपाली मनहरु र नेपालीत्वक्क भावनाहराई जोड्दै अमेरिकीभूमिमा नेपाल र नेपालीको परिचय र गरिमालाई स्थापित गर्ने अभियानमा निरन्तर लागिरहेको म एक कर्मवीर योद्धा ।

१८.कलाकार, संचारकर्मी, स्वयंसेवक र समाजसेवीको भूमिकामा सक्रिय रहि आफ्नो समाजको उत्तोरोत्तर प्रगति र उन्नतिका लागि तन, मन र धनले लागिरहेको । बाँकी जीवन रहेसम्म पनि लागिरहने छु ।

१९. नयाँ थुप्रै गीतहरु तयारी अवस्थामा रहेको तर अहिले कोरोना पछिको स्वास्थ्यका कारण केही अवरोध सामना गर्नुपरिरहेको छ।

२०. नेपालबाट अमेरिका आउनुभएका थुप्रै कलाकारहरुलाई उहाँहरुको कार्यक्रममा सहयोग गर्ने । कतिपय कार्यक्रमहरु आयोजना गर्ने कार्य गदैआएको ।

२१. महाबिर पुन लगायतका राष्ट्र निर्माण अभियन्ताका अभियानहरुमा सहकार्य र सहयोग गर्ने काम ।

२२. अग्रहहरुको सम्मान देखि सानासाना अनुज भाइबहिनी र नयाँ पुस्ताहरुको लागि भाषा कक्षा संचालन, बाल प्रतिभा प्रतियोगिता, युवाहरुका लागि इनास अनप्लगस् जस्ता उत्प्रेरित कार्यक्रमहरुको शुरुआत गरिसकेको र निरन्तरता दिइरहेको।

From NAMI Saptahik

प्रकाशन मिति–२०७९ साल जेठ १५ गते आइतवार ।