Narhari Acharya 2काठमाडौ। नेपाली कांगेसका बयोबृद्ध सभापति सुशील कोइरालाको दुःखद निधन भएको खवर थाहा भएको लगतै कोइराला निवास पुगेका नेपाली कांग्रेसका नेता तथा सांसद नरहरि आचार्य एक्कासी बेहोश बनेका थिए।

बेहोश बनेको लगतै उपचार्थ अस्पताल लगिएका नेता आचार्यलाई मस्तिष्कघात भएको छ। नेता आचार्यको उपचारमा संलग्न चिकित्सकहरुले नेता आचार्यको उच्च रक्तचापले मस्तिष्कको नशा फुटेर मस्तिष्कघात भएको बताएका छन्। काठमाडौको बाँसबारीस्थित डा. उपेन्द्र देवकोटाले चलाएको न्यूरो अस्पतालमा सघन उपचारकक्षमा उपचार्थ राखिएका नेता आचार्यको मस्तिष्कमा जमेको रगतलाई हटाउन औषधि चलाइएको र हाललाई तुरुन्त शल्यक्रिया गर्न नमिल्ने अस्पतालले जनाएको छ।

नेता आचार्यको अवस्था गंभीर भएतापनि स्वास्थ्य स्थिर रहेको पनि अस्पतालले भनेको छ। मस्तिष्कघातका कारण नेता आचार्यको शरीरको दाहिने भागमा पक्षघात भएको छ। आँखा खोलतापनि आचार्य बोल्न नसक्ने अवस्थामा रहेका छन्। प्रारम्भमा आचार्यको उपचार्थ बाँसबारी स्थित गंगालाल मुटुरोग अस्पताल लगिएतापनि मुटुमा भन्दा मस्तिष्कमा समस्या देखिएपछि गंगालाल अस्पतालले न्यूरो अस्पतालमा रिफर गरेको थियो।
प्रकाशन मिति–२०७२ साल माघ २६ गते मंगलवार ।