–सुनकुमार अवाल
काठमाडौं। कोरोनाको कहरमा कतिपय मठ–मन्दिरमा नित्यपूजा वाहेक भक्तजनहरुको दर्शन तथा पूजापाठ लगायतका कार्यहरुमा रोक लगाएका छ। तर, काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर भाटभटेनी पछाडिको दीपनगरमा धार्मिक निष्ठाको प्रतिक तारकेश्वर मन्दिरमा पूजापाठ भने रोकिएको छैन्।

भौतिक सामाजिक दूरी कायम गरेर मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाएको छ। प्रत्येक महिनाको पहिलो सोमवार तारकेश्वर महादेवको विशेष पूजा हुने गरेको छ। आज जेठ महिनाको पहिलो सोमवार पनि गुरु सूर्य सुवेदीले विशेष पूजाआजा गरेर कोरोनाको महामारी चाँडै अन्त्य होस भनेर प्रार्थना गरिएको छ।

स्थानीय आनन्द केसी तथा निर्मल श्रेष्ठका अनुसार, दीपनगरमा तारकेश्वर महादेवको मन्दिर विसं.२०४७ सालमा स्थापना भएको भएतापनि यसको पूर्ण पूर्नरनिर्माण भने, विसं.२०७२ सालको महाभूकम्प पश्चात नै भएको हो।

मन्दिरको गेट शिक्षाविद मुकुन्द श्रेष्ठको सौजन्यवाट निर्माण भएको हो। त्यस्तै, मन्दिरका अन्य भौतिक संरचना पनि भक्तजन तथा स्थानीय समुदायको सहयोगवाट भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डोलविक्रम थापाले बताएका छन्।

प्रकाशन मिति–२०७७ साल जेठ ५ गते सोमवार ।