काठमाडौ । नेपाल बुसिन्डो कोन्सेकाई (एमएमए)मुआई थाई एसोसिएसनद्वारा शनिवार राजधानीको कोटेश्वर स्थित एमएमए क्लबमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ।

क्युकोशिन,सितरियो एवम् किक बक्क्सिङ्गका ३ दर्जन भन्दा बढी राष्ट्रिय खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिनाले दोसल्ला एब प्रमाणपत्रबाट सम्मान गर्नु भएको हो।

सोही अबसरमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल प्रहरीका बरिष्ठ अधिकृत,शसस्त्र प्रहरी बलका बरिस्ठ अधिकृत लगायतका खेलकर्मीहरुको उपस्थिति रहेको थियो।
प्रकाशन मिति–२०७६ साल असार २८ गते शनिवार ।