Kabita Khadka 1काठमाडौ । एक दशक अगाडि अत्यन्त ग्ल्यामर्स नायिकाको छवि राखेकी नायिका कविता खड्का यतिखेर नेपालमा रहेकी छैनन्। नेपाल बाहिर प्रवास डेनमार्कमा रहेकी छन्। डेनमार्कको कोपनहेगनमा विगत ६ बर्षदेखि बस्दैआएकी नायिका खड्काको त्यो ग्ल्यामर्समा कुनै कमी भने देखिएको छैन्। त्यही मादकता तथा कामुकतामा कायम नै रहेको छ। फरक त्यति मात्र हो–नेपालमा रहंदा उनलाई नेपाली चलचित्र तथा टेलिचलचित्रमा अभिनय गर्नमा भ्याइँनभ्याइँ हुनेगर्दथ्यो भने, डेनमार्कमा त्यो भ्याइँनभ्याइँ छैन्।

Kabita Khadka 2

छोरो हुर्काउनमा नै व्यस्त छन्। छोरो ६ बर्ष नपुगुञ्जेल छोरोकै स्याहारमा लाग्नु पर्ने भएकोले कोपनहेगनमा खासै काम गरेकी छैनन्। बर्षमा एक पल्ट नेपाल आउने गरेको बताउने उनी नेपाल आउंदा जहिले पनि नेपाली चलचित्रको त्यो अभिनय कर्मको व्यस्ततालाई मिस्स गर्ने गर्छिन्। हतारको लाइफ अनि तनाबको त्यो जिन्दगी भएतापनि फिल्मी रोमाञ्चकताको रुपमा उनले लिएकी छन्। जुन लाइफमा फेरि फर्केर आउने रहर पलाएको छ।

Kabita Khadka 3संभवत अर्को बर्षसम्म नेपाल फर्केर आफैले नेपाली चलचित्र निर्माण गर्ने दह्रो लक्ष्य पनि उनले लिएकी छन्। पहिला जस्तो कामुक नायिका बनेर सस्तो अभिनय गर्ने सोच उनको पटकै छैन्। बलिउडकी नायिका रेखा तथा विद्या बालनहरुले गर्नेजस्ता वजनदार अभिनय गर्ने जोश उनमा बढ्ेको छ। त्यो जोशलाई उनको कम्प्यूटर इञ्जिनियर श्रीमानले पनि साथ दिने भएका छन्।

Kabita Khadka 1

श्रीमानकै डिपेन्डेन भिसामा कोपनहेगन आएकी उनलाई प्रवास भन्दा स्वदेश नै प्यारो लागेको छ। गुन्द्रुक–ढिंडो मिठो मसिनो जे भएपनि परदेश आएपछि नेपालको हरेक कुराको मिस्स हुने गरेको तथ्यलाई उनले पनि स्वीकार गरेकी छन्। यसले गर्दा पनि मौका तथा अवसर मिलेको बेलामा कुनै न कुनै बहानामा नेपाल आउने गरेको उनले भनेकी छन।

Kabita Khadka 2११ बर्ष नेपाली चलचित्र उद्योगमा घुंडा धसेर काम गरेका ती पल–पलाका खुन–पसिनाको मेहनतलाई उनले विर्सेकी छैनन्। पहिलो चलचित्र मंगल–सूत्र देखि पहिलो टेलिचलचित्र चेतनालाई मात्र उनले संझेकी छन्। त्यसपछिका दर्जनौ दर्जन चलचित्र तथा टेलिचलचित्रलाई संझिने मन उनले गरेकी छैनन्। पहिलो चलचित्र र टेलिचलचित्रले उनलाई नायिका बनाएको कारण त्यसपछि चलचित्र र टेलिचलचित्रलाई संझेर रम्ने सोच उनमा छैन्। 

पहिलोको जस्तो पछिल्लोको खासै चासो र माया नहुने रहेछ भनेर उनले भनेकी छन्। मोटोघाटो नायिका भएको कारण पनि सवैले कामुक नायिका भन्ने गरेको स्वीकार्ने उनी त्यो बेला पनि आफू ५५ केजी भन्दा माथि नरहेको भनेकी छन्। छोराकी आमा भएपछि मोटाएर ६५ केजी पुगेको भएतापनि हाल ज्यानलाई जीम गरेर बनाइसकेको र ५५ केजीमा ने कायम गरिसकेको बताएकी छन्। कोपनहेगनवाट अमेरिका तीन पल्ट पाँच घण्टाको फ्लाइटवाट पुगिसकेको सुनाउंछिन्।

विश्वको अत्यन्त शक्तिशाली तथा बैभवशाली मुलुक अमेरिका सवैको लागि सपनाको देश लागेर पुग्नै पर्ने देश भएर पुगेर फर्केको भन्छिन्। अव अमेरिका बस्ने मौका मिलेमा बस्ने कि भन्ने प्रश्नमा अव पुग्यो, मिलेमा नेपालमा नै फर्कने सोचमा पो आफू पुगेको बताउन चुक्दैनन्। यद्यपि, छोराको भविष्यको लागि केही बर्ष परदेशमा बस्न आफू बाँध्य भएको पनि यथार्थता उनले भनेकी छन्।

Kabita Khadka 3प्रकाशन मिति–२०७३ साल माघ २१ गते शुक्रबार ।