काठमाडौ। बुधवारवाट कोरिया जाने आवेदन खुल्ला गरिएको छ। चारदिनसम्म आवेदन दिन पाइने भएकोले कोरिया जानको लागि इपिस परीक्षा दिनको लागि हजारौ हजार युवाहरु आवेदन दिन लामो लाइनमा बस्ने गरेका छन्। यो बर्ष पनि अघिल्ला बर्षमा जस्तै हजारौ हजारको आवेदन पर्ने इपिस कोरिया शाखाले आँकन गरेको छ।

EPS Korea Abedan

यसैवीच कोरियाले नेपाली कामदारको कोटा घटाएको छ। अर्थतन्त्रमा आएको मन्दी र गत वर्ष प्रक्रिया पूरा गरेर जान नपाएकाको रोस्टरमा लामो सूची रहेका कारण दक्षिण कोरियाले आगामी वर्षका लागि नेपालमा कामदारको कोटा कटौती गरेको हो। सन् २०१७ मा कोरियाले अधिकतम ३१ सय नेपाली परीक्षार्थीलाई मात्र भाषा परीक्षामा उत्तीर्ण गराउने जानकारी दिएको छ।

गत वर्ष आठ हजार पाँच सयजना परीक्षार्थी भाषा परीक्षामा उत्तीर्ण भएका थिए। तीमध्ये अहिलेसम्म २५ सय मात्रै काम गर्न कोरिया जान पाएका छन्। गत वर्ष भाषा परीक्षा पास गरेकालाई कोरियाली रोजगारदाताले लैजाने क्रम चलिरहेको छ। परीक्षा पास गरेकाको नाम रोस्टरमा समावेश गरिएको हुन्छ।

सोही आधारमा रोजगारदाताले मन परेका व्यक्ति छानेर काम गर्न बोलाउने गर्छन्। पछिल्लो समय कोरियाको अर्थतन्त्रमा सामान्य मन्दी आएको छ। आन्तरिक बजारमा पनि रोजगारीको माग बढेको अनुमान छ। यसले पनि विदेशी कामदारको कोटा केही घटाएको हुन सक्ने इपीएस कोरिया शााखाको बुझाइ छ।
प्रकाशन मिति–२०७३ साल बैशाख १६ गते विहीवार ।