ललितपुर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणले लगनखेल स्थित पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार काठमाडौ र भक्तपुरका दुई महिलाको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालयका अनुसार साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौं महानगरपालिका वडा नंबर २१ की ५१ बर्षिया कोरोना संक्रमित महिलाको शुक्रबार राति १०ः४० बजे मृत्यु भएको हो।

त्यसैगरी भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत भक्तपुरकी ६२ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान ६ः४० बजे मृत्यु भएको हो।
प्रकाशन मिति–२०७७ साल भाद्र १३ गते शनिवार ।