काठमाडौं। नेपालको प्रत्येक इतिहासको कालखण्डमा सधै चर्चामा रहने कीर्तिपुर कोरोनाको कहरमा पनि चर्चामा नै रह्यो। कीर्तिपुरले लिनुभन्दा धेरै दिएको छ। इतिहासको प्रत्येक कालखण्डमा कीर्तिपुरले गरेको योगदानको इतिहासले कदर गर्नु नै पर्दछ।

यसक्रममा कीर्तिपुरले कोरोनाको कहरको जारी लकडाउनमा बाहिरवाट आएर कीर्तिपुरमा बसोवास गरेर अध्ययन गर्दैरहेका विद्यार्थीको विषयमा कीर्तिपुरले संवोधन गरेर राहत सहयोग गरेको छ। कीर्तिपुर नगरपालिकाका लोकप्रिय मेयर रमेश महर्जनले कोरोनाको कहरमा बेखर्ची बनेका १ हजार ५ सय विद्यार्थीहरुलाई कीर्तिपुर नगरपालिकाकै आन्तरिक बजेटवाट राहत सहयोग गरेको बताएका छन्।

कीर्तिपुर अध्ययनरत कोही पनि विद्यार्थी भोकै नपरोस् र कोही विचल्ली नपरोस् भनेर विशेष ध्यान दिइएको मेयर महर्जनले बताएका छन्। नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रिय पदाधिकारीहरुसंग नेपालभाषामा भएको कुराकानीमा मेयर महर्जनले कीर्तिपुर नगरपालिकामा रहेका विपन्न ज्याला–मजदुरी गरेर जीविकार्जन गर्ने ८ हजार परिवारलाई राहत प्रदान गरिसकेको छ।

आपतमा परेका सही मान्छेलाई राहत उपलव्ध गराउन आफूहरुले स्थलगत अध्ययन गरेर अन द स्पट राहत प्रदान गर्ने कार्य गरेको जानकारी पनि मेयर महर्जनले दिएका छन्। मेयर महर्जनले कीर्तिपुर नगरपालिकामा कोरोना संक्रमित कोही नभएको र कोही संक्रमित प्रवेशमा सचेतता अपनाएको तथा यससंवन्धमा छिमेकी नगरपालिकाहरु दक्षिणकाली नगरपालिका र चन्द्रागिरि नगरपालिकासंग समन्वय गरिरहेको जानकारी पनि मेयर महर्जनले भनेका छन्।

प्रकाशन मिति–२०७७ साल बैशाख २७ गते शनिवार ।