–सुनकुमार अवाल
ललितपुर। कोरोनाको कहरमा जारी लकडाउनले सवै व्यापार व्यवसाय तथा रोजगारीमा समस्या आइरहेको वर्तमान समयमा कृषि क्रान्ति वाहेक अरु हुन सक्दैन। यो निर्विकल्प तथ्य हो।

यिनै निर्विकल्प तथ्यको महशुश ललितपुर महानगरपालिका वडा नंबर १५ ले गरेको छ। तदानुरुप वडा नंबर १५ ले कृषि सम्बन्धि कार्यक्रम अघि सारेको छ। वडामा रहेका टोल सुधार समितिहरुहरुलाई यस कार्यमा परिचालन गर्ने कार्य वडा नंबर १५ वाट भैरहेको छ।

यसक्रममा ज्ञान नगर खुमलटार टोल सुधार समितिका अध्यक्ष माधव बन्जाराको संयोजकत्वोमा, १५ वडाका अध्यक्ष शुदर्शन मिश्रद्वारा यस टोल सुधार समितिमा रहेका ४० घर धुरीलाई कौसी खेतीका प्रोत्साहित गर्ने कार्य भएको छ।

शहरी कौसी खेतीका लागि निःशुल्क सीमी, मुला, धनियाँ, बोडी, तोरी, रायोको वीऊ र गड्यौलाको प्रांगारिक मल वितरण गरेर कृषिमा नयाँ आयामिक कार्य गरेको छ।

आगामी दिनमा कौसी खेतीलाई थप प्रबर्द्धन गर्न हरेक घर धनिहरुलाई कौसी खेतीमा अझैबढी सुबिधा दिने निर्णय सहित यस कार्यक्रमलाई सधैभरि निरन्तरता दिन १५ नंबर वडा कार्यालयले प्रतिवद्धता जनाएको छ।


प्रकाशन मिति–२०७७ साल जेठ १२ गते सोमवार ।