काठमाडौं। कोरोनाको कहरमा नेपाली कथानक चलचित्र ‘कृष्ण–लीला’ को छायाँकन धमाधम शुरु भएको छ। गत शुक्रबारबाट ‘कृष्ण–लीला’ को छायांकन शुरु भएको हो। चलचित्र ‘कृष्ण–लीला’ का लेखक लक्ष्मण सुवेदीका अनुसार, पूर्वी नेपालको झापाबाट शुरु भएको ‘कृष्ण–लीला’ फिल्म युनिट इलाम पुगिसकेको छ ।

दीपक ओलीको निर्देशन फिल्मको सुटिङ ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको रोमान्टिक गीतबाट शुुरु भएका हो। सो गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा श्रेत्री रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । अन्जु पन्त र सुगम पोखरेलको स्वर र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानले गरेका हुन् । बाबु श्रेष्ठले खिचेको गीत निकै सुन्दर बनेको छ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण–लीला’ मा पुष्प खड्का,श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकार मुख्य भूमिकामा छन् ।
प्रकाशन मिति–२०७७ साल मंसीर १५ गते सोमवार ।