काठमाडौं। गायक निशान भट्टराईको गायनमा मार्मिक राष्ट्रियता बोकेको गीत सार्वजनिक भएको छ। कोरोनाको कहरमा सार्वजनिक भएको गीतको वोल नै .संसार जीतेर गए नी .रहेको छ।

बुनियाद गीतका गीतकार डीपी दाहाल परिश्रमीको शव्द तथा अग्रज संगीतकार लक्ष्मण शेषको संगीत रहेको यस गीतको भिडियोलाई डिलाईटेड नेपालको प्रस्तुतीमा सार्वजनिक भएको हो। डिलाईटेड नेपाल युटुब च्यानल मार्फत बजारमा ल्याईएको यस गीतमा लोकप्रिय गायक निशान भट्टराईको मार्मिक स्वर रहेको छ।

गीतले देशको माटो र मातृभूमि नेपालको बारे मर्म पोखेको छ। कालापानी, लिपुलेक देखी जातीय छुवाछुत बिरुद्घमा गीत निकै सशक्त बनेको छ। यो गीत बास्तबमै जति धेरै सुन्यो त्यति कर्णप्रिय बनेको देखिन्छ। गीतकार परीश्रमीका अनुसार, आफ्नो मातृभुमिलाई कोरोना कहरले बढी सम्झाएको र देशको माटो कहिल्यै भूल्नु हुदैन भन्ने कुरा गीतले बोलेको छ।

प्रकाशन मिति–२०७७ साल जेठ १ गते विहीवार ।