काठमाडौं। कोरोनाको कहरमा नेपालमा फेरि पेट्रोलियम पद्धार्थको मूल्यमा बृद्धि भएको छ। शनिवारवाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रू १ ले बृद्धि गरेको हो।

निगमले बृद्धि गरेको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रू. १०२ कायम भएको छ। त्यस्तैगरेर, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रू. ८८ भएको छ।

खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत रहेको छ।


प्रकाशन मिति–२०७७ साल असार २७ गते शनिवार ।