काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण जारी लकडाउनको अवस्थामा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोल, डिजेल र मट्टितेलको मूल्य निगमले बढाएको हो।

मंगलबार निगमले गरेको निर्णय अनुसार मंगलवार राति १२ बजेपछि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ। अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटरको १०१ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर ८७ रुपैयाँ पुगेको छ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूल्य बढाइएको निगमले जनाएको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले भनेको छ।


प्रकाशन मिति–२०७७ साल असार १६ गते मंगलवार ।