काठमाडौं। परदेशी भूमि तातो घाम सोचेजस्तो हुदैन काम। पराई मुलुक अर्काको ठाउं सम्झना आउंछ आफ्नै गाउँ। यो अत्यन्त मार्मिक गीत परदेशको तातो भूमिमा संघर्ष गरेर नेपाल फर्केका संघर्षशील गीतकार चिरञ्जीवी खनालको कलमवाट चुहिएको यथार्थपरक मार्मिक गीत हो।

जसमा आफूभित्रको उकुस–मुकुस र परदेशको तातो घाममा आफूले भोगेको तितो यथार्थलाई गीतको माध्यमवाट पोखेर सोही गीतमा यथार्थपरक अभिनय गर्ने कार्य चिरञ्जीवी खनालवाट भएको छ। यम बरालको गायन रहेको यस गीतका संगीताकार विक्रम थापा हुन। गीतको भिडियोमा चिरञ्जीवी खनालको आमाको भूमिकामा सुषमा सिंह यल्लो टाइगरले अभिनय गरेकी छन्। निर्देशन जगदीश्वर थापाको रहेको छ।

कोरोनाको वर्तमान कहरमा आफूजस्तै देशमा रोजगारी नभएर विवशताले परदेशिएकाहरुको यादमा यो मार्मिक भिडियो रिलिज गरेको जानकारी प्रस्तुतकर्ता समेत रहेका चिरञ्जीवी खनालले भिजन संसार डटकमलाई बताएका छन्।

प्रकाशन मिति–२०७७ साल बैशाख २८ गते आइतवार ।