काठमाडौं। हलिन्यंक वगु विपति अर्थात विश्वभर कोरोनाको कहरको कारण आएको विपतिको यथार्थता नेपालभाषामा लिरिकल गीत बनेको छ। त्यस लिरिकल गीतको भिडियो विश्वव्यापी रिलिज भएको छ।

नेपालमा रहेका अग्रज अभिनेता तथा गीतकार पवन जोशीले कोरोनाको कहरमा लेखेको गीत हङकङमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जनलाई पठाएपछि उस्ताद महर्जनले लय तथा संगीत हालेर गाएपछि लिरिकल भिडियो बनेको हो।

ख्यातिप्र्राप्त अर्का संगीतकार हरिशरण सायमीको म्युजिक एरेञ्जमा तयार भएको भिडियो कोरोनाले ल्याएको विपतिलाई तस्बीर मार्फत पोष्ट्याउने कार्य भएको छ। जुन निक्कै मार्मिक तथा सान्दर्भिक बनेको छ।

अग्रज अभिनेता तथा गीतकार पवन जोशीले यो गीत बर्तमान जारी लकडाउनको पिडा अनि यसले निम्त्याएको बेरोजगारी अनि भोकलाई पनि गीतको माध्यमवाट प्रस्तुत गर्ने कार्य भएको बताएका छन्।

प्रकाशन मिति–२०७७ साल बैशाख २९ गते सोमवार ।