काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को कहरको वर्तमान अवस्थामा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले असार महिनामा रहेको आफ्नो जन्मदिन यसपल्ट नमनाउने भएका छन्।

यससंवन्धमा पूर्वराजा ज्ञानेन्द्र शाहले सन्देश जारी गर्दै यसो भनेका छन्–“राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर यही असार महिनामा पर्ने मेरो जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेको छु । साथै यतिखेर मेरा भावनाप्रति श्रद्धा, शुभेच्छा राख्दै देशको सुन्दर सपना देख्ने सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई धैर्य, दृढता र साहसका साथ अघि बढ्न आह्वान गर्दछु।”

ज्ञानेन्द्र शाहले सन्देशमा मुलुक अहिले कोरोनाबाट आक्रान्त रहेको उल्लेख गर्दै विदेशबाट फर्किने सबै नेपालीको श्रम, सिप र सामथ्र्यको सदुपयोग गरि आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाइनुपर्ने उल्लेख गरेका छन्।


प्रकाशन मिति–२०७७ साल असार ११ गते विहीवार ।