काठमाडौं। नेपालमा एअरहोस्टेज उत्पादन गर्ने कंपनी फ्लाइटेक इन्टरनेशनल,लायन्स क्लब अफ काठमाडौ प्रयास नगर तथा लियो क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम संपन्न भएको छ। सामाजिक उत्तरदायित्व र समाज सेवाको भावनाले उक्त रक्तदान कार्यक्रम भएको हो।

कोरोनोभाइरस (कोभिड–१९) को महामारीले विश्वलाई आक्रान्त बनाइरहेको अवस्थामा रगतको अभाव हुनसक्ने संभावनालाई ध्यानमा राखेर रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने भएकोले सामाजिक दूरी कायम गरि शिविर आयोजना गरिएको फ्लाईटेक इन्टरनेसनलका प्रबन्ध निर्देशक नाजिर हुसैन बताएका छन्।

नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम गराउने संस्था फ्लाईटेक इन्टरनेसनल को चुच्चे पाटी अवस्थित केवल टावर परिसरमा भएको रक्तदान शिविरमा ४०जनाले रत्तदान गरेका थिए। कार्यक्रममा क्लबका फाउन्डर पेसिडेन्ट अमित थापा,जोन चियर प्रशन माधव लामिछाने, कोषाध्यक्ष निर्मला तामाङ,सचिव निशु झा, समाजसेवी देवी दत्त खरेल, अग्रज सामाजिक अभियन्ता तथा राजा बीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल लगायतको विशेष उपस्थिति थियोे ।
प्रकाशन मिति–२०७७ साल असार २७ गते शनिवार ।